ntc

जिप दुर्घटनामा पूर्वसांसदसहित २ जनाको मृत्यु

        #जिप दुर्घटना   |   35 Views   |   Published Date : 11th April 2019 |

चैत २८,काठमाडौं। जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ। गुल्मीमा भएको जिप दुर्घटनामा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको हो भने ८ जना घाइते भएका छन्।

लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १ च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको प्रदेश प्रहरीले पुष्टि गरेको छ। धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए। दुर्घटनामा अर्का एक जना बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक रहेको प्रहरीले जानकारी दिएको छ।

जिप दर्लिनबाट बुटवल जाँदै थियो। जिपमा १० जना सवार थिए। दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, सोहि वडाकै २६ वर्षीया कोशिला थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन्। यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको प्रहरीले बताएकाृ छ। घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ। जिप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।