ntc

तपाईंले रोपेका विरुवा कसले जोगाउँछ प्रधानमन्त्रीज्यू ?

        #केपी शर्मा ओली   |   35 Views   |   Published Date : 11th April 2019 |

चैत २८,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रोपेका फलफूलका विरुवा जोगाउनै मुस्किल भएको छ। गत जेठ २२ गते प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ सुरु गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एभोकाडो र लिची रापेका थिए।

उक्त अभियानअन्तर्गत २८ लाख ९० हजार ९ सय १९ विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले जानकारी दिए। कार्यालयले मंसिरमा तथ्यांक प्रकाशित गरेको थियो। ‘अहिले पनि सबैतिर यो अभियान चलिरहेको छ, पछिल्लो तथ्यांक मगाइरहेका छौं’ प्रवक्ता कुँवरले भने ‘प्रधानमन्त्री कार्यालयले सबै स्थानीय तहलाई यो अभियानमा लाग्न पत्राचार गरेको छ।’

नेपालसमाचारपत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।