ntc

‘तँलाई मार्न द्ईपटक एटेम्ट गरिसकेका छौँ, मिसनसहित झापामा पनि आएका थियौँ,’

        #राजेन्द्र लिङ्देन   |   104 Views   |   Published Date : 9th April 2019 |

चैत २६,काठमाडौं। राप्रपाबाट प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए। उनी झापा क्षेत्र नं. ३ का सांसद हुन्। ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वानुमान लगाए । तर, धेरै गम्भीर रुपमा लिएनन् किनभने उनले कतै उजुरबाजुर गरेका थिएनन्। उनले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी पनि गराइसकेको बताएका छन्।

प्रहरीले काठमाडौँमा एकजनालाई पक्राउ गरिसकेको बताउको छ । यद्यपि राप्रपाका एकला प्रतिनिधि सभा सदस्य लिङदेनले गरेको ट्विट सोमबारको राप्रपाको देशभरको आन्दोलन र प्रहरीको धरपकडबारे हो भन्ने प्रायःलाई लागेको थियो। लिङदेनले आफूलाई बारम्बार मार्ने धम्की आइरहेको बताएका छन्। उक्त धम्कीबाट आफू दुई सातादेखि तनावमा रहेको उनले बताए। ‘तँलाई मार्न ५० लाख रकम दिइसकेको छु। अब बाँच्दैनस्’ भन्दै कहिले ह्वाट्स एप त कहिले मोबाइलमा फोन गरेर धम्की आउने गरेको उनले बताए।

लिङदेनले जानकारी गराएअनुसार कहिले शुभचिन्तकको भाषामा ‘बचेर बस् है’ भन्दै फोन आउने गरेको कहिले मार्ने धम्की आउने गरेको बताए। ती व्यक्तिले आफूलाई ह्वाट्स अप बढी प्रयोग गरेको उनले जानकारी दिए। लिङदेनले भने ‘तँलाई मार्न द्ईपटक एटेम्ट गरिसकेका छौँ, मिसनसहित झापामा पनि आएका थियौँ,’ धम्की दिने व्यक्तिले म्यासेज गरेको बताए। ‘तेरो बारेमा मैले बुझ्दा तँ राम्रो मान्छे रैछस्, यो तेरो पार्टी र विपक्षी पार्टीको मिसन हो, म त पैसा लिएर भाडामा काम गर्ने मान्छे हो,’ धम्कीकर्ताले भनेका थिए। प्रहरीको अनुसन्धान नसकिदै योकुरा बाहिर नआवोस भन्ने मेरो चाहना थियो। तर खै कसरी बाहिर कुरा आयो लिङदेनले भने।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।