ntc

महिला फुटबल : पहिलोपटक नेपाल र ईन्डोनेशिया भिड्दै

        #नेपाली राष्ट्रिय महिला फुटबल टिम   |   45 Views   |   Published Date : 9th April 2019 |

चैत २६,काठमाडौं। ओलम्पिक छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रतियोगिताको अन्तिम खेलमा नयाँ प्रतिद्वन्दी इन्डोनेशियासंग खेल्दैछ।

बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा खेल सुरु हुने छ। छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग हार ब्यहोरेको थियो। नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल मात्रै होइन, इन्डोनेसिया पनि छनोट चरणको दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ।

तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो, इन्डोनेसिया। किनभने इन्डोनेसिया आफ्नो पहिलो खेलमा भारतसँग २–० गोलले पराजित भएको छ भने दोस्रो खेलमा म्यानमारसँग ६–० गोलको हार ब्यहोरेको छ। नेपाल भने आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा पनि भारतसँग ३–१ गोलअन्तरले नै पराजित भएको थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।