ntc

प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा नै व्यक्तिको नाममा

        #प्रधानमन्त्री निवास   |   46 Views   |   Published Date : 9th April 2019 |

चैत २६,काठमाडौं। प्रधानमन्त्री र प्रधानन्यायाधीश  निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ। ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ।

१४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रका २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ। पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको फेला परेको हो। समितिको प्रतिवेदनअनुसार बालुवाटार र वरपरको ११३ रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमणमा परिसकेको छ।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।