ntc

एसईई प्रश्नपत्र प्रकरणः यसरी बाहिरियो प्रश्नपत्र

        #एसईई परीक्षा   |   170 Views   |   Published Date : 5th April 2019 |

चैत २२,काठमाडौँ। प्रश्नपत्र प्रकरणमा अभियुक्त बनाइएका दुवै प्रहरी जवान सप्तरीकै हुन्। यद्यपि उनीहरु सिराहा जिल्लास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत थिए । सोही इलाका प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोको काटेर उनीहरुले प्रश्नपत्र आउट गरेको अनुसन्धानबाट खुलेको छ।

अभियुक्त भनिएका प्रहरी जवान दीपेन्द्र मण्डल यस वर्षको एसईई परीक्षामा आफैं पनि सहभागी थिए। आफू पढाइमा कमजोर रहेको भन्दै आफ्नो ठाउँमा परीक्षा दिन उनले आफूँसँगै कार्यरत ब्रह्मदेव सुनरैतलाई गुहारे। उनले प्रवेशपत्रमा आफ्नो सट्टा ब्रह्मदेवको फोटो टाँसेर आफ्नो ठाउँमा परीक्षामा सहभागी पनि गराए।

सोही क्रममा दुवैजनाको ध्यान आफैं कार्यरत प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोकामाथि पर्यो। र, उनीहरुले ब्लेडको प्रयोग गरी प्रश्नपत्रको पोको काटेर विज्ञान र सामाजिक प्रश्नपत्र निकाले। उक्त प्रश्नपत्र दुवैजनाले आफैंसँग मात्र राखेका थिए। यो प्रकरण सार्वजनिक हुन्नथ्यो होला। पछि ब्रह्मदेवले दुवै प्रश्नपत्र राजविराजस्थित घरमा रहेका आफ्ना दाजु विष्णुदेव यादवलाई पनि पठाए।

नागरिकदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।