ntc

डाक्टर श्रीमानको कुटाइबाट घाइते श्रीमती सुनिताको मृत्यु

        #सुनिता यादव   |   145 Views   |   Published Date : 29th March 2019 |

चैत १५,काठमाडौँ। डाक्टर सचितानन्द यादवको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती सुनिता यादवको उपचारको क्रममा मृत्यु भएको छ।

नारायणी अञ्चल अस्पताल बिरगञ्जमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचिदानन्द यादवको कुटपिटबाट गम्भीर घाइते यादवको आज शुक्रवार बेलुकी ४ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो । सुनिता सचितानन्दकी जेठी श्रीमती हुन्। चैत्र ६ गते होलीको दिन श्रीमान लगायत परिवारबाट निर्घात कुटिएकी सुनितालाई नारायणी अस्पतालमा उपचार सम्भव नभएपछि अधिकारकर्मी साबित्री सुवेदी लगायतको सहयोगमा माइती पक्षले काठमाडौं ल्याएका थिए।

श्रीमानले आफूलाई आईरन तताएर डाम्नुका साथै शरीरका संवेदनशील अंगहरुमा कुटपिट गरेको सुनिताले बताएकी थिइन्। घटना ६ गतेको भए पनि ११ गते मात्रै सार्वजनिक भएको थियो। भने १२ गते श्रीमान सचितानन्द, ससुरा नागेन्द्र यादव, सासू आसादेवी यादव र देवर असितानन्द यादव विरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत माइतीले मुद्दा दर्ता गराएको पर्साका प्रहरीले जानकारी दियो प्रहरी नियन्त्रणमा रहेका सचितानन्दले बिरामीको बहाना गरेपछि प्रहरी निगरानीमै उनको उपचार भइरहेको पनि प्रहरी जानकारी दिएको छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।