ntc

नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ पटक उपाधि जित्यो

        #womenfootballteam   |   118 Views   |   Published Date : 22nd March 2019 |

चैत ८,काठमाडौ। साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ। विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले पाँचौ। पटक उपाधि जितेको हो। भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो।

नेपाल साफका सबै संस्करणमा भारतसँगै पराजित भएको छ। पाँच मध्ये चार संस्करणमा फाइनल खेलेको नेपालको साफ जित्दै इतिहास रच्ने मौका फेरि पनि गुमाउन पुग्यो। खेलको पहिलो हाफ बराबरी भएपनि दोश्रो हाफमा भारतले दुई गोल थप्यो। खेलको सुरुवातमा नेपालले दबाब कायम गरेपनि २६ औं मिनेटमा पछि परेको थियो। तर पछि परेको नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। तर दोश्रो हाफमा भारत हाबी भयो। नेपालको पोष्टमा निरन्तर प्रहार गर्दै दवाब बढायो।

६२ औं मिनेटमा ग्रेस डाङमाले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन्। ७७ औं मिनेटमा भारतले शग्रता बढायो। भारतका लागि अन्जु तामाङले गोल गर्दै ऐतिहासिक सफलतातर्फ डोहोर्‍याइन्। त्यसपछि दुबै टोलीबाट गोल हुन सकेन र भारत ३–१ गोलले विजयी भयो।समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।