ntc

श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

        #महिला फुटबल   |   154 Views   |   Published Date : 20th March 2019 |

चैत ६,काठमाडौ। नेपाल साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

नेपालका लागि पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्री भण्डारी र रेखा पौडेलले गोल गरेका हुन्। घरेलु टोली नेपाल सामु श्रीलंका निरिह देखियो। उसले एक गोल पनि फर्काउन सकेन। तीनपटकको उपविजेता नेपाली टोलीले यो पटक घरेलु मैदानमा उपाधि उचाल्ने सम्भावना रहेको छ। यसअघि दुई पटक सेमिफाइनलबाट अघि जान नसकेको श्रीलंकालाई नेपाली टोलीले यसपटक पनि निराश पारेको हो। दोस्रो सेमिफाइनलमा चारपटकको विजेता भारत र बंगालदेशले प्रतिस्पर्धा गर्ने छन् बुधबार नै हुने खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।