ntc

अनामनगरमा शंकास्पद वस्तु भेटियो

        #शंकास्पद वस्तु   |   878 Views   |   Published Date : 13th March 2019 |

फागुन २९,काठमाडौं। काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ। कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताइएको छ।

महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी काजी आचार्यले शंकास्पद वस्तु भेटिएको पुष्टि गरे ।अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा शंकास्पद वस्तु भेटिएको सूचना आएको उनले बताए। सेनाको टोली हाल घटनास्थलमा पुगिसकेको छैन। नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको दिनको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।