ntc

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

        #बम   |   891 Views   |   Published Date : 13th March 2019 |

फागुन २९,काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–५ को वडा कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ। गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ। विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ। शान्तिचोकमा रहेको वडा नम्बर ५ को कार्यालयमा सिलिण्डर बम बिस्फोट गराएको छ।

बम बिस्फोटबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ। घटनामा संलग्नको खोजी भइरहेको छ। तर अहिलेसम्म कसैले जिम्मेवारी भने लिएका छैनन्। सुरक्षा व्यवस्था कडा पारिएको र अनुसन्धान जारी रहेको प्रहरीले बताए। बिस्फोटमा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको आशंका छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।