ntc

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?

        #सीके राउत   |   932 Views   |   Published Date : 10th March 2019 |

फागुन २६,काठमाडौं। सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन्। सर्वोच्च अदालतको आदेशमा बिहीबार उनी पछिल्लो ५ महिना जेल बसाइबाट रिहा भएका थिए।

सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो। सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन्। अब उनको योजना के छ ? सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ। उनले सरकारसँग अचानक गरेको सहमतिले मधेसका राजनीतिमा पक्कै नयाँ ‘डिस्कोर्स’ दिनेछ। मधेस केन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ। सत्तारुढ दलले पनि नेकपामा ल्याउँदा के होला भनेर हल्लाकै रुपमा भए पनि परीक्षण गरिसकेको छ कतिपयले प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेस केन्द्रित दल बनाउने विश्लेषण गरिरहेका छन्। उनी कतै मधेस केन्द्रित दलसँगै मिल्न सक्ने अनुमान पनि धेरैको छ।

अन्नपूर्णपोस्टदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।