ntc

तेलभन्दा खानेपानीमा दोब्बर खर्च

        #पानी   |   92 Views   |   Published Date : 9th March 2019 |

फागुन २५,काठमाडौँ। तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ। यर्थाथ यही हो। महिनाको  ३ सयले भान्सामा तेल पु-याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ।

जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन्। बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेभन्दा खर्चिलो हुन थालेको हो।

जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ । ‘मेरो परिवारमा ३ जना छौँ, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने ।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।