ntc

विप्लवलाई प्रधानमन्त्रीको सुझाव : नेकपा फेरेर लुटेरा समूह राख्न (भिडियोसहित)

        #‘विप्लव #केपी शर्मा ओली   |   124 Views   |   Published Date : 8th March 2019 |

फागुन २४,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूहलाई नाम फेरेर लुटेरा समूह राख्न सुझाव दिएका छन्। साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए ।

सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताए। ‘नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा । विप्लव समूह भन्ने छ एउटा। कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ उनले भने, ‘आफूले पनि नेकपै भन्नु पर्‍या छ। त्यस्ताले पनि नेकपा भन्छन्। बेइज्जत भइसक्यो नेकपा भन्दा पनि ।’विप्लव समूहको पर्चा पनि आफूले हेरिरहेको उनले बताए। ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने।

 

विस्फोट गराएर हिड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर। लुटेर समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ ।’ उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।