ntc

भृकुटीमण्डपमा नेकपाको श्रद्धाञ्‍जली सभा (फोटो/भिडियो)

        #केपी शर्मा ओली #भरतमोहन अधिकारी #रविन्द्र अधिकारी   |   274 Views   |   Published Date : 7th March 2019 |

फागुन २३,काठमाडौँ। ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्‍यान गुमाएका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जना र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको शोकमा नेकपाले श्रद्धाञ्‍जलीसभा आयोजना गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा श्रद्धाञ्‍जली सभाको आयोजना गरेको हो।

श्रद्धाञ्‍जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्‍यक्ष श्रदाञ्जली सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधव नेपाल, नेकपाका सचिवालय सदस्य वामदेव गौतम, नारायाणकाजी श्रेष्ठ, गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा ‘वादल’ लगायतको उपस्थिति थियो।

यसैगरी श्रदाञ्जली सभामा दिवंगत नेता भरतमोहन अधिकारीका बुहारी शान्ति अधिकारी, दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई , रवीन्द्रका भाइ कमल, छोराहरु विराज र स्वरोज पनि उपस्थित थिए। पर्यटन उद्यमी आङछिरिङ शेर्पाका परिवारका सदस्यहरु, ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका मृतकका परिवारका सदस्यहरु पनि उपस्थिति थिए।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।