ntc

क्लव डेजाभू काण्डः डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र

        #क्लव डेजाभू   |   141 Views   |   Published Date : 7th March 2019 |

फागुन २३,काठमाडौँ । ठगीको आरोपमा पक्राउ परी थुनामा रहेका क्लव डेजाभूका संचालकलाई छुटाउन राजनीतिक लविङ तीव्र भएको छ। १२ दिन अघि २ करोड भन्दा बढी ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा रहेका समीप सिलाकार, प्रतिक श्रेष्ठ र प्रवेश श्रेष्ठलाई छुटाउन सरकारी वकिललाई समेत प्रभावमा पारेको पीडित पक्षले आरोप लगाएको छ। दोलखाका बिश्वराम श्रेष्ठले उक्त क्लव मर्मतका लागि २ करोड भन्दा बढी रुपिया बढी लगानी गरेको भएपनि क्वलका संचालकहरुले रकम नदिएपछि ठगी मुद्धामा परिसरमा जाहेरी दर्ता गरेका थिए ।

ठगी मुद्धामा प्रहरीले पक्राउ गरेका ब्यक्तिलाई २४ दिन थुनामा राखेर अनुसन्धान गर्ने अधिकार भएपनि दवावका कारण प्रहरीले १२ दिनमा नै जिल्ला अदालत काठमाडौमा मुद्धा बुझाएको छ। न्यायिक इतिहासमा यो नै पहिलो घटना भएको एक प्रहरी अधिकारीले जानकारी दिए। नायव महान्यायाधीवक्ता नारायण पौडेलले क्लव डेजाभूको मुद्धा दर्ता गराउन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई निर्देशन दिएपछि सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गरेको काठमाडौ जिल्ला अदालतले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

महानगरीय प्रहरी परिसर काठमाडौले १ हजार ५ सय पन्नाको प्रतिवेदन तयार गरी अदालतमा पेश गरेको भएपनि सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन नै नगरी माथिको आदेश भन्दै मुद्धा दर्ता गरेको ती प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । सरकारी वकिलको कार्यालय काठमाडौका जिल्ला न्यायाधीवक्ता माधवप्रसाद घिमिरेले उक्त मुद्धा अध्ययन नै नगरी मुद्धा दर्ता गरेका थिए । क्वल डेजाभूका संचालक रमण सिलाकारले प्रहरी प्रसासन प्रयोग गरेर आफुहरुलाई फसाउन लागेको दावी नेपाल समाचारपत्रसंग गरेका छन। सरकारी वकिलको कार्यालयले तयार पारेको प्रतिवेदनमा आफुलाई समेत फसाउन खोजेको आरोप सिलकारले लगाएका छन।

नेपालसमाचारपत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।