ntc

टुँडिखेलमा सेना दिवस (फोटो फिचर)

        #Aramyday #सेना दिवस   |   134 Views   |   Published Date : 4th March 2019 |

फागुन २०,काठमाडौं। महाशिवरात्रिका दिन सोमबार नेपाली सेनाले सेना दिवस मनाएको छ। नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गरेको छ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि शिवरात्रि तथा सेना दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी भएका छन्। सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

सैनिक मञ्चको समारोहमा परेड र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत ७ वटै प्रदेशको संस्कृति झल्काउने झाँकी तथा विविध सांस्कृतिक समेत प्रदर्शन गरिएको थियो। सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी प्रस्तुत गरिएको छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।