ntc

बंगलादेशको राजधानी ढाकामा आगलागी, ज्यान गुमाउनेको संख्या झण्डै ७०

        बंगलादेश   |   172 Views   |   Published Date : 21st February 2019 |

फागुन ९,काठमाडौँ। बंगलादेशको राजधानी ढाकामा आगलागी भएको छ। राजधानी ढाकामा आगलागी हुँदा ज्यान गुमाउनेको संख्या झण्डै ७० पुगेको छ। अहिलेसम्म कम्तिमा ६९ जनाको ज्यान गएको पुष्टि भएको छ। झण्डै ४० जना गम्भीर घाइते भएका छन्।

राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो। ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो। ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका छन्। आगलागी भएको आवासीय घरको एउटा फ्ल्याटमा रसायनको गोदाम पनि थियो। ३७ वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।