ntc

‘लुट्न सके लुट’ गीत जस्ताको-तस्तै फेरि यूट्यूबमा अपलोड गर्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

        #पशुपति शर्मा   |   155 Views   |   Published Date : 17th February 2019 |

फागुन ५,काठमाडौँ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको लोक गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ। शर्माको गीतलाई लिएर सामाजिक सञ्‍जाल र आम सर्वसाधारणमाझ चर्को आलोचनापछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकले गीतलाई पुनस् युट्‍युबमा अपलोड गर्नु पर्ने निष्कर्ष निकालेको हो।

अध्यक्ष बद्री पंगेनी र महासचिव सुवास केसीद्वारा हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ तर कुनै दबाब या कुनै धम्कीको कारणले हटाउनु भएको हो भने गीतलाई जस्ताको तस्तै पुनः अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ।’ यसका साथै प्रतिष्ठानले गीत डिजिटल प्लेटफर्ममा राख्‍न वा हटाउने सम्बन्धमा कहीकतैबाट आधिकारिक निवेदन,अनुरोध वा जानकारी संस्थामा नआएको, र गीत हटाउने विषयलाई लिएर संस्थामा कोही पनि औपचारिक प्रस्ताव दर्ता नगराएको स्पष्ट पारेको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।