ntc

काठमाडौं उपत्यकाकाको फोहोर व्यवस्थापन गर्न वार्षिक १० करोड खर्च

        #फोहोर   |   131 Views   |   Published Date : 16th February 2019 |

फागुन ४,काठमाडौं। स्थानीय निकायले फोहोर ढुवानी गर्दा वार्षिक करिब १० करोड रुपियाँ खर्च हुने गरेको छ। त्यसमध्ये सबैभन्दा बढी लागत काठमाडौं महानगरपालिकाको लाग्ने गरेको छ। महानगरपालिकाले मात्रै वार्षिक करिब ५ करोड रुपियाँ खर्च गर्ने गरेको छ। फोहोर व्यवस्थापनबाहेक ढुवानी गर्दा लाग्ने लागत अत्याधिक देखिएको छ। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले ढुवानीमा मात्र वार्षिक करिब ५ करोड रुपियाँ खर्च हुने गरेको जानकारी दिए ।

कामपाको टेकुस्थित ट्रान्फर स्टेसनबाट सिसडोलसम्म २७ किलोमिटर दूरी रहेको छ। फोहोर ढुवानीमा ललितपुर महानगरपालिकाले वार्षिक ९५ लाख रुपियाँ खर्चिने गरेको छ। उपत्यका र आसपासका १८ स्थानीय निकायले सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने गरेका छन्।

नेपालसमाचारपत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।