ntc

‘क्याप्टेन’को कर्लि कर्लि कपाल सार्वजनिक: निरुतालाई आफ्नो बनाउन खोज्दै भुवन र अनमोल

        #क्याप्टेन #भूवन केसी अनमोल केसी   |   132 Views   |   Published Date : 15th February 2019 |

फागुन ३,काठमाडौं। नायक अनमोल केसी र भूवन केसी एउटै नायिकाको पछि लागेको दृश्य निकै गज्जब देखिन्छ। भिडियोमा अनमोल र भुवनले नायिका निरुता सिंहलाई आफ्नो बनाउन खोजिरहेका छन् । कुनै समय निरुता र भूवनको जोडी दर्शकले निकै रुचाएका थिए। अब अनमोलसँग पनि फिट हुने तरखरमा निरुता देखिन्छिन्। माथि उल्लेखीत कुराहरु चलचित्र क्याप्टेनमा समावेश ‘कर्लि कर्लि कपाल’ बोलको गीतको भिडियोको हो।

राजधानीमा शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको भिडियोमा अनमोल, भूवन र निरुताको नृत्य गरेका छन्। बुबा छोरा एकै भिडियो र त्यसमाथि पनि नायिका निरुतासँग नृत्य गरेको यो पहिलो पटक हो। गीतमा मेलिना राई र एस डि। योगीको स्वर रहेको छ। गीतमा हर्क साउद र मनिष दाहालको शब्द छ भने एसडी योगी र सुशान्त गौतमले संगीत दिएका छन्। कार्यक्रममा फुटबलको बिषयमा बनेको चलचित्र भन्दै अतिथिको रुपमा निमन्त्रणा स्विकारेर आएका एन्फाका पदाधिकारीहरुले क्याप्टेनको सफलताको शुभकामना दिए। नेपाल राष्ट्रिय फुटबल टिमका क्याप्टेन बिराज महर्जनले नेपाली चलचित्रले फुटबलको बिषय समातेको भन्दै निर्माण टिमलाई धन्यवाद दिए। साथै उनले अनमोल र आफू एउटै स्कुलमा पढेको भन्दै मित्रता पहिलादेखी नै रहेको बताए। यस्तै उनले चलचित्रमा फुटबल राख्नु आफूहरुका लागी फाइदा पनि पुग्ने बताए।

लेखक तथा निर्देशक दीवाकर भट्टराई रहेको चलचित्रमा प्रियंका एमभी र उपासना सिंह ठकुरी अनमोलको अपोजिटमा छन्। सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।