ntc

काठमाडाैंमै पाँच वर्षदेखि फोहोर उठेन

        #फोहोर   |   146 Views   |   Published Date : 15th February 2019 |

फागुन ३,काठमाडौं। काठमाडौं महानगरपालिका, ६ स्थित बौद्ध परिर्वतन मार्गमा पाँच वर्षदेखि थुपारिएको फोहोर उठ्न सकेको छैन् । उक्त मार्गको करिब ४ रोपनी क्षेत्रफलको खाली जग्गामा हिँडडुल गर्ने सर्वसाधारणलाई फोहोर फालेपछि सरोकारवालाले चासो नदिँदा अहिले फाहोर थुप्रिएको हो।

परिवर्तन मार्गमा बस्दै आएका राजकुमार लामाले फोहोरको दुर्गन्धमा रुमलिएर बस्न बाध्य भएको बताए। ‘म बस्दै आएको करिब पाँच वर्ष भयो,’ उनले भने, ‘यो जग्गामा फालिएको फोहोर अहिलेसम्म उठ्न सकेको छैन । फोहोरको दुर्थन्धले बस्न सकिरहेका छैनौँ। तर, सरोकारवाला निकायले यसलाइ बेवास्ता गरिरहेको छ ।’बौद्ध विकास समितिले २०७१ असारमा उक्त मार्गको पुर्ननिर्माण गरिएको भनी सोही मार्गमा राखिएको बोर्डमा उल्लेख छ। उक्त मार्ग हुँदै बौद्ध स्तुप र जोरपाटी चोक जान सकिन्छ ।

नागरिकदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।