ntc

सरकारविरुद्ध काठमाडौंमा कांग्रेसको प्रर्दशन (फोटोफिचर)

        #नेपाली कांग्रेस   |   128 Views   |   Published Date : 4th February 2019 |

माघ २१,काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरेको छ। महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले काठमाडौंसहित देशका सबै जिल्लामा र्‍यालीसहित विरोध प्रदर्शन गरेको हो।

काठमाडौंमा रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु भएको विरोध प्रर्दशन बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, शहीदगेट, न्यूरोडगेट, वीर अस्पताल हुँदै पुनः रत्नपार्कमा आएर कोणसभामा परिणत भएको थियो। विरोध प्रर्दशनका क्रममा कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध चर्का नाराबाजी लगाउँदै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए।

उनीहरुले वाइडबडी विमान खरिदमा घोटाला गरेको, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेकोलगायतका जनविरोधी काम गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।