ntc

छाउ बार्न बस्दा निसास्सिएर मृत्यु

        #मृत्यु   |   144 Views   |   Published Date : 2nd February 2019 |

माघ १९,काठमाडौं। महिनावारी भएका बेला घरमा आगो बालेर सुतेकी डोटी पूर्वीचौकी गाउँपालिका– ५ की २१ वर्षीया पार्वती बोगटीको बुधबार राति निसास्सिएर मृत्यु भएको छ । झरी परेर ओसिएको कोठामा आगो तापेर एक्लै सुुतेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन्।

आफ्नो घरभन्दा केही परको खाली घरमा सुतेकी बुहारी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको सासू लक्ष्मी बोगटीले बताइन्। ‘पाँचौं दिनमा चोखिन्छु भनेर खुसी थिई, आगो बालेर सुतेकी रहिछ,’ लक्ष्मीले भनिन्, ‘विचरी सधैंका लागि आँखा चिम्लेर गई।’ शनिबारदेखि छाउ बार्दै आएकी पार्वती त्यो दिन छाउगोठमा अरू तीन जना थपिएर ठाउँ नपुगेपछि नजिकैको घरमा सुत्न गएकी थिइन्। उनी सुतेको साँघुरो कोठामा सानो झ्याल र ढोका छ । लक्ष्मीका अनुसार पार्वती झ्याल–ढोका बन्द गरी आगो बालेर सुतेकी थिइन् । उनका केही लुगा पनि जलेका छन्। खरानी कोठाभरि छरिएको छ।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।