ntc

सन्दीपकाे टाेली आज रंगपुर राइटर्ससँग खेल्दै

        #सन्दीप लामिछाने   |   200 Views   |   Published Date : 19th January 2019 |

माघ ५,काठमाडौं। नेपाली युवा स्पिनर सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइटर्ससँग प्रतिस्पर्धा गर्दैछ। सिलेटमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो एक बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले शनिबार रंगपुरविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ। यस प्रतियागितामा ६ खेलमध्ये दुई खेलमा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए। शनिबार पनि उनी टिममा पर्ने प्रबल संभावना रहेको छ ।

जारी प्रतियोगितामा कुल चार विकेट लिएका सन्दीपले कोमिल्ला विरुद्ध दुई विकेट लिएका थिए भने भिकिंग्स विरुद्ध लिन सकेनन्। यस्तै नाइटामाइट्स विरुद्ध पनि विकेटविहीन बनेका सन्दीप अर्को खेलमा ड्रप भएका थिए । त्यसपछि उनले कमब्याक खेलमा रंगपुर विरुद्ध नै एक विकेट लिएका थिए ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।