ntc

पहिलो पटक आर्मी प्रमुखमा महिला नियुक्त

        #आर्मी   |   282 Views   |   Published Date : 28th November 2018 |

मंसिर १२,काठमाडौँ। पहिलो पटक स्लोभेनियाको आर्मीको प्रमुखमा महिला नियुक्त भएकी छन्। योसँगै स्लोभेनिया महिला आर्मी प्रमुख हुने नेटोमा आबद्ध पहिलो देश बनेको छ।

मेजर जनरल एलेन्का अर्मेन्क देशको आर्मी प्रमुख बन्ने भएकी हुन्। उनले बुधबार कार्यभार सम्हाल्दै छिन्। ५५ वर्षकी एलेन्काले सन् १९९१ मा आफ्नो आर्मी जीवन सुरु गरेकी थिइन्। त्यहि बेला स्लोभेनिया युगोसलाभियबाट स्वतन्त्र भएको थियो। अहिले उनी आर्मीको उपप्रमुखको रुपमा कार्यरत छिन् र अब बुधबारदेखि आर्मी प्रमुख बन्दै छिन्। स्लोभेनियाका राष्ट्रपति बोरुत पाहोरले सेना प्रमुखको रुपमा एलेन्काले आर्मीको प्रदर्शन सुधार गर्ने अपेक्षा रहेको बताएका छन् ।

एलेन्काले गएको फेब्रुअरीदेखि आर्मी प्रमुखको रुपमा रहेका मेजर जनरल एलन गेडरलाई विस्थापित गर्ने छिन्। स्लोभेनियामा साढे सात हजारको हाराहारीमा सेना छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।