ntc

१४ सय किसानको ऋण तिरे अमिताभ बच्चनले

        #अमिताभ बच्चन   |   97 Views   |   Published Date : 22nd November 2018 |

मंसिर ६,काठमाडौं। बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन्। उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन्।

यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन्। मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । यसबाट आफुलार्य एउटा काम पुरा गरेको महसुस भईरहेको पनि उनले बताए। एक सरकारी बैंकबाट किसानले लिएको ऋण अभिताभले तिरिदिएका हुन् ।

बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेका हुन्। उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने ईच्छा व्यक्त गरेका छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।