विश्वकप क्रिकेटको ट्रफी काठमाडौं आइपुग्यो
कात्तिक ९,काठमाडौं। विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी अपराह्न नेपाल ल्याइएको हो। ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ ।
२०१९ मा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी ‘वल्र्ड टुर’ अन्तर्गत शुक्रबार काठमाडौं ल्याइएको हो। ट्रफी नेपालमा शुक्रबारदेखि सोमबारसम्म राखिनेछ। आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार ट्रफीलाई शनिबार विहान पोखरा लगिने छ। पोखरामा पोखरा प्रिमियर लिग ९पीपीएल० चलिरहेको छ र भोलि त्यही ट्रफी प्रदर्शन गरिनेछ।
ट्रफीलाई फेरि काठमाडौं ल्याइनेछ र चन्द्रागिरिमा लगेर केही घण्टा त्यहाँ प्रदर्शनीमा राखिनेछ। प्रदर्शनीमा सञ्चारकर्मीलाई तस्बीर खिच्न दिइने घिमिरेले बताइन्। सोही दिन चन्द्रागिरिबाट ट्रफी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा राखिनेछ।
Leave a comment