ntc

अब ग्यास पाइपलाइन होइन सबै चुलोमा बिजुलीको तार : प्रधानमन्त्री

        #केपी शर्मा ओली #चुलोमा बिजुली   |   215 Views   |   Published Date : 23rd October 2018 |

कात्तिक ६,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक घरको चुलोमा अब ग्यास पाइपलाइन होइन सबै चुलोमा बिजुलीको तार लैजाने बताएका छन्।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलोचुलोमा पाइपबाट ग्यास पुर्‍याउने बताएका थिए। तर, यो पुरा नहुँदै उनले नयाँ नारा दिएका छन्, अब चुलोमा ग्यास पाइप होइन, बिजुलीको तार । काठमाडौं उपत्यकामा बिजुली बस सेवा सुरु गर्दै प्रधानमन्त्री ओलीले यो पाँच थान विद्युतीय बसको कुरा होइन, आगामी कार्यदिशाको संकेत भएको बताए। उनले भने, ‘मैले ग्यासको पाइप भन्दा निकै चर्चाको विषय बन्यो। अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर जाँदैछौं।’

हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य सामग्रीसमेत विद्युतीय हुनुपर्ने उनले बताए। ‘संसार छिटोछिटो बगेको छ। यो तीन वर्षभित्र हामी पनि ग्यास पाइप चुलोमा होइन, विजुलीको चार चुलोमा जाँदैछौं । केही मान्छेलाई फेरि अनौठो लाग्नसक्छ। तर, दुनियाँ बदलिएको बदलिएकै छ’ उनले भने ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।