ntc

दुनियाँकै महंगो स्याण्डिल, मूल्य २ अर्ब रुपैयाँ

        #महंगो स्याण्डिल   |   194 Views   |   Published Date : 2nd October 2018 |

एजेन्सी। महिलाले लगाउने स्याण्डिलको फरक फरक मूल्य र डिजाइनमा पाइन्छ । तर दुनियाँको सबैभन्दा महंगो स्याण्डिलको मूल्य थाहा पाउनुभयो भने तपाइँले जिब्रो टोक्नुहुनेछ। एकजोर स्याण्डिलको मूल्य हजार, लाख, करोड रुपैयाँमा नभई अर्ब रुपैयाँ पर्दछ।हो युएइको दुबई सहरमा झण्डै २ अर्ब रुपैयाँ पर्ने दुनियाकै महंगो स्याण्डिल बनेको छ। यो स्याण्डिलको मूल्य १ करोड ७० लाख डलर छ। बहुमूल्य हिरा र सक्कली सुनबाट बनेको यो एकजोर स्याण्डिल बुधबार सार्वजनिक गरिएको छ।

यतिधेरै महंगो भएपछि यो चिज बनाउन पनि कम्ता मेहेनत लागेन होला। हो, यो स्याण्डिलको डिजाइन गर्ने तथा बनाउने कामका लागि पूरै ९ महिना लागेको थियो। दी प्यासन डायमण्ड शू नाम दिइएको यो स्याण्डिलमा सयौँ हिराका टुक्रासँगै हरेकमा दुईवटा पन्ध्र क्यारेटका बहुमूल्य डी फ्ल लेस हिराको टुक्रा प्रयोग गरिएको छ। प्यासन ज्वेलर्ससँगको सहकार्यमा दुबईस्थित जाडा दुबई कम्पनीले यी जुत्ता बनाएको हो । यद्यपि यसको डिजाइन तथा निर्माण भने इटालीमा भएको हो। विश्वको एकमात्र सेभेन स्टार होटल बुर्ज अल अरबमा बुधबार यी जुत्ता सार्वजनिक गरिएको छ।

सुरुमा बनाइएका स्याण्डिल ३६ साइजका छन्। तर भविष्यमा ग्राहकको अर्डर अनुसारको साइजमा पनि कम्पनीले यी स्याण्डिल उत्पादन गर्ने बताइएको छ। तर यति महंगा स्याण्डिलका ग्राहक चाहीँ को होला रु यो स्याण्डिलको फिक्स्ड प्राइस १ करोड ७० लाख डलर रहेको र कुनैपनि छुट उपलब्ध नहुने कम्पनीले जनाएको छ। स्मरण रहोस् विश्वमा यसअघि डेब्बी विंघम हाई हिल्स सबैभन्दा महंगो जुत्ताको रुपमा रहेको थियो। जसको मूल्य १ करोड ५१ लख डलर थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।