ntc

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै !

        #केपी ओली   |   167 Views   |   Published Date : 9th September 2018 |

भदौ २४,काठमाडौं। शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे। तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे। प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए।

राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो। १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो। प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो। हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन्। ढोकाढोकामा सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए। उनीहरुले सुरक्षा जाँचपछि सहजै भित्र छिर्न दिन्थे तर निस्कन दिन्थेनन्। ‘प्रधानमन्त्री आउने भनेर दुई घन्टा कुर्‍यौं,’ एसओएस माध्यमिक विद्यालयका सानोठिमीका विद्यार्थी अविचित आलेले भने, ‘पानी खान र शौचालय जान पनि पाइएन।’

हल छिर्न सुरक्षाकर्मीले दुई ठाउँमा खानतलासी गरेका थिए। उनीहरुले स्काउटका ड्ेरस लगाएका स्वयमसेवक विद्यार्थीलाई हलभित्र उभिन समेत दिएका थिएनन्। औपचारिक कार्यक्रम ५ घण्टापछि सकियो। त्यसपछि मात्रै विद्यार्थी हलबाट बाहिर निस्कन पाए। १२ बजे हलमा छिरेपछि ५ बजेसम्म भोकै बस्नुपरेको उनीहरुले गुनासो गरे।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।