ntc

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली वंश कोषको साधारणसभा

        #केपी शर्मा ओली #बालुवाटार   |   448 Views   |   Published Date : 8th September 2018 |

भदौ २३,काठमाडौं। प्रधानमन्त्रीको सरकारी आवास हो बालुवाटार। तर पछिल्लो समय जो प्रधानमन्त्री हुन्छन्, उनको दलको बैठकहरु बालुवाटारमा बस्छ।

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीका सचिवालय, स्थायी कमिटी मात्र होइन, ४४३ सदस्यीय जम्बो केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै गराउँदै आएका छन्। त्यति मात्र नभएर शनिबार ओली वंश अक्षय कोषको बाषिर्क साधारणसभा समेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरे। ‘अहिले मैले सरकारको नेतृत्व गरिरहेको छु, जसले भ्रष्टाचार हुन दिँदैन। कहिकहि लुकेर गर्‍यो भने देखेको दिन ठीक पारिन्छ’ प्रधानमन्त्रीले भने । कोषले प्रधानमन्त्री ओलीका साथै उनका बुबा र श्रीमतीलाई सम्मान गर्नुका साथै विभिन्न पुरस्कार पनि वितरण गरेको छ। ‘विहान साढे १० बजे भनिएको कार्यक्रम साढे ११ तिर सुरु भएको थियो। प्रधानमन्त्री आउनु अघि साधारणसभा गरिएको थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।