ntc

रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन

        #हरिप्रसाद रिमाल   |   272 Views   |   Published Date : 31st August 2018 |

भदौ १५,काठमाडौं। रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ। रिमालको बिहीबार राति निधन भएको हो।

उनको राति १ बजेर ७ मिनेट जाँदा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ। उनले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।