ntc

बिहेको हाटबजार

        #चीन   |   200 Views   |   Published Date : 13th August 2018 |

एजेन्सी। हाटबजार भनेपछि सामान्यतया खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि लाग्ने बजार भनेर हामी बुझने गर्दछौं। तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ । सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ।

त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ। सन् २००५ देखि यो हाटबजार लाग्दै आएको छ। हरेक शनिबार उक्त बजार लाग्ने गर्दछ। चाहे जाडो होस् वा गर्मी वा झरी जुनसुकै हालतमा बिहेको हाटबजार लागेकै हुन्छ। बिहेको हाटबजार ठ्याक्कै कसले शुरु गर्यो भन्ने बारेमा एउटा रोचक तथ्य छ। स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा हाटबजार सुरु भएको हो।

स्मरणरहोस् पहिले पिपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसहरुको भीड हुन्थ्यो। मर्निङ वाक गर्न आएका अभिभावकहरु एक अर्कामा चिनजान गरी सँगै बसेर घरपरिवारको कुरा गर्दथे र आफ्ना बिहे गर्ने उमेर पुगेका छोराछोरीहरुको बारेमा पनि चर्चा गर्दथे। विस्तारै विस्तारै मानिसहरुले यो पार्कलाई बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँको रुपमा प्रयोग गर्न थाले। जुन अहिले त वैवाहिक सम्बन्ध जोड्ने बजारको रुपमै विकास भएको छ।

यो बजारमा मानिसहरु सडक किनारामै एउटा कागजको पानामा चिनियाँ भाषामा विवाह योग्य केटाकेटीको बायोडाटा लिएर बसेका हुन्छन्। त्यसमा केटा तथा केटीको उमेर, आम्दानी, अध्ययन, जन्मदिन तथा जन्मकुण्डली आदिका बारेमा पनि लेखिएको हुन्छ। यहाँबाट विवाह योग्य केटाकेटीका बायोडाटाहरु आफ्नो छोराछोरीका लागि उपयुक्त बर बधु खोज्नका बायोडाटा लैजान्छन् र चित्त बुझेमा बिहेको कुरा अघि बढाइन्छ। पछिल्लो समयमा चीनमा लैंगिक अनुपात असन्तुलन भइरहेको अवस्थामा यो बजार निकै चम्किएको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।