ntc

अाजबाट नेपाली सेनाको कमाण्ड पूर्णचन्द्र थापाको हातमा

        #पूर्णचन्द्र थापा   |   399 Views   |   Published Date : 9th August 2018 |

साउन २४, काठमाडौं। आजबाट नेपाली सेनाको नेतृत्व बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन्। प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्तान्तरण गर्न लागेका हुन्।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा बलाधिकृतरथी थापालाई नेपाली सेना बुझबुझारथ गर्ने कार्यक्रम छ। बलाधिकृतरथी थापाले भदौ २३ गतेदेखि मात्र नेपालको ४३औँ प्रधानसेनापतिको पूर्ण जिम्मेवारी सम्हानेछन् । वि.स.०१७ भदौ २५ गते जन्मिएका बलाधिकृत थापा ०३६ मा सेनाको अधिकृत क्याडेटबाट सेवा प्रवेश गरेका थिए।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।