ntc

यी राजा जसको ६० वटी श्रीमती छन्

          |   400 Views   |   Published Date : 9th July 2018 |

एजेन्सी । एउटा पुरुषले एकभन्दा बढी श्रीमतीलाई मिलाएर राख्न सक्ला कि नाई ? तर यो दुनियाँमा एकजना यस्ता मानिस छन् जसले एकदुई जना होइन पूरै ६० जना पत्नीलाई मिलाएर राखेका छन्। आधुनिक युगमा समेत ६० वटी पत्नीका जोई हुनु कुनै चानचुने कुरा होइन । हुनत यी व्यक्ति पनि चानचुने कहाँ हुन् र ? उनी परे कोन्याक आदिवासी समुदायका राजा ।

उनको नाम अंग नगोवांग हो। उनको राज्यमा कूल ७५ वटा गाउँ छन्। भारत र म्यान्मारको बीचमा पर्ने आदिवासी क्षेत्र यिनको राज्य हो। गाउँको आधा हिस्सा भारतमा र आधा हिस्सा म्यान्मारमा पर्दछ  यो राज्यका मानिसहरु म्यान्मारमा खाना खाएर भारतमा सुत्न जान्छन् भनिन्छ। यी राजाका छोरा म्यान्मारको सेनासँग आबद्ध छन्। यो राज्यका मानिसहरुलाई भारत र म्यान्मार दुबै देशको नागरिकता दिइएको छ। गाउँलेहरु निकै खुसी छन्।

राजा अंग नगोवांग आफ्ना ६० जना पत्नीसाथ निकै सुखभोग गरिरहेका छन्। राजाको सबै काम प्रजाहरुले गरिदिन्छन् र रानीहरुका सबै इच्छा राजाले पूरा गरिदिन्छन्। ६० वटी पत्नी मिलिजुली राजाको स्याहार तथा हेरचाह गर्दै आएका छन्। राजा हरेक इच्छा उनीहरुले पूरा गर्ने गरेका छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।