ntc

यस्तो ठाउँ जहाँ लोग्नेको जुत्ताको पानी खुवाइन्छ पत्नीलाई

          |   523 Views   |   Published Date : 9th July 2018 |

एजेन्सी। २१ औँ शताब्दिको युगमा महिलाहरु पुरुषसँग काँधमा काँध मिलाएर हिँडिरहेका छन्। पुरुषले गर्ने काम गर्न महिलाहरु सक्षम छन्। तर भारतमा एउटा यस्तो ठाउँ पनि छ जहाँ महिलाहरु नरकको जीवन भोग्न बाध्य छन् । अनि महिलाहरु केवल पुरुषको उपयोगिताको साधन बनिरहेका छन्।

भारतको राजस्थानस्थित भिलवाँडा गाउँमा महिलाहरुलाई उनीहरुका लोग्नेको जुत्ताको पानी खुवाइन्छ ।गाउँमा रहेको बंक्याराणी माता मन्दिरमा महिलालाई आफ्नो लोग्नेको जुत्तामा पानी भरेर पिलाउने प्रथा रहेको छ। यसो गर्नाले शौभाग्य प्राप्त हुने र महिलाको शरीरबाट भूत उत्रिने विश्वास गरिन्छ।

शरीरमा भूत पसेको आशंका भएसँगै महिलालाई उनीहरुका लोग्नेसँगै देवी मन्दिरमा लगिन्छ । त्यसपछि लोग्नेले आफ्नो खुट्टामा लगेको जुत्ता फुकाल्छन् । भूत भगाउने तान्त्रिकले हातमा उक्त जुत्ता लिएर भूत लागेको भनिएकी महिलाको जिउमा क्रूर ढंगले जुत्ताले कुट्दछन् । त्यसपछि महिलालाई उक्त जुत्ता मुखले टोकेर गाउँ घुम्न लगाइन्छ र अन्त्यमा उक्त जुत्तामा पानी भरेर पिउन लगाइन्छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।