ntc

नेपाली चार महिला पत्रकारले चुमे सगरमाथा

          |   441 Views   |   Published Date : 23rd May 2018 |

जेठ ९,काठमाडौं। नेपाली चार जना महिला पत्रकारहरुले सगरमाथाको सफल आरोहण गरेका छन्। नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन्।

उनीहरु बुधबार बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । महिला पत्रकारहरुको समूहमा पाँच सदस्य थिए। तर, न्यूज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की भने अस्वस्थ भएपछि तेस्रो आधार शिविरबाटै फर्किएकी छन्।

‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण-२०१८ समूह सगरमाथा चढ्न गएको थियो। टिमको नेतृत्व रोजिताले गरेकी थिइन्। आरोही महिला पत्रकारहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा फहराएका छन् ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।