ntc

कांग्रेस नेता एवं साहित्यकार जगदीशशमशेर राणाको निधन

          |   567 Views   |   Published Date : 10th October 2017 |

असोज २४,काठमाडौं। नेपाली कांग्रेसका पूर्वसांसद एवं साहित्यकार जगदीशशमशेर राणाको ८८ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा सोमबार भारतको चण्डीगढमा उनको निधन भएको हो । राजनीतिक जीवनयात्रा सुरु गरेका थिए । २०१५ को आमनिर्वाचनमा अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका राणाले गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।

२०१७ सालको ‘कू’ पछि गोरखा परिषद्का सबै नेताका साथ राणा नेपाली कांग्रेस प्रवेश गरेका थिए । २०४६ सालको जनआन्दोलनपछि २०५० मा उनी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य भएका थिए । राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय थिए । उनको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित मानिन्छ । उनी मदन पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।