ntc

सुबिनले ल्याए ‘मनसुन’

          |   1364 Views   |   Published Date : 24th September 2016 |

subin book copy

असोज ८,काठमाडौं । युवा लेखक सुबिन भट्टराईको नयाँ कृति ‘मनसुन’को विमोचन शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा भयो । पुस्तकको विमोचन गायक प्रमोद खेरल र लेखकले संयुक्त रुपमा गरे ।

मनसुन सम्झाउने झरीलगत्तै सुरु भएको कार्यक्रममा गायक खरेलले ‘मबिना कसैकसैलाई मुश्किल छ पोखरामा’, झुम्कावाली’जस्ता लोकप्रिय गीत सुनाएर विमोचनका सहभागीलाई मुग्ध बनाएका थिए ।

subin book2 copy

खरेलका गीतपछि कार्यक्रम प्रस्तोता सबिना कार्कीले भट्टराईसँग छोटो संवाद गरेकी थिइन् । भट्टराईले मनसुनबारे सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘छिनमै घाम छिनमै पानी, छिनमै बादल छिनमै सफा आकासजस्तै परिवर्तन भइरहने मानिसहरुको प्रेमसम्बन्ध हो यो पुस्तक ।

subin 3 copy

‘समर लभ’ र ‘साया’ उपन्यासबाट युवामाझ लोकप्रिय भट्टराईको यो चौथौ कृति हो । यो उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।