ntc

लोकतान्त्रिक समाजवादी व्यबस्थाका लागि हामीले खोजेको ने.वि.संघ

          |   795 Views   |   Published Date : 8th August 2016 |

13866716_10154101908368961_1499508247_n

उज्ज्वल राम घिमिरे

हिजो ने.वि.संघको स्थापना लोकतान्त्रिक समाजवादी मुल्य मान्यतामा स्थापित समाज निर्माणका लागि भई रहेको संघर्षको मैदान बाट भएको हो । तत्कालिन पञ्चायती अन्धकारको समयमा जनताले, लोकतन्त्रले कम्तिमा व्यक्तिको जिउ, धन र स्वतन्त्रतामाथि हुन सक्ने गैरन्यायिक हस्तक्षेपलाई रोक्छ जसबाट मात्र राज्यको नितिको जनतामा परेको असर र आगामि कदमका बारेमा निष्पक्ष मुल्याङ्कन हुन सक्छ भन्ने पनि बुझि सकेका थिएनन् । त्यसैले व्यक्तिको व्यक्तित्व विकास तथा समग्र राष्ट्रको विकासका लागि लोकतन्त्र अनिर्वाय सर्त हो भनेर जनतालाई बुझाउन जरुरी थियो र त्यतिकै जटिल पनि । हो त्यहि जरुरी तर जटिल कार्यको साधक हुनसक्ने विश्वासका साथ ने.वि.संघको स्थापना २०२७ सालमा आजैको दिन भएको देखिन्छ ।

तत्कालिन नेतृत्वले लिएको विश्वासलाई ने.वि.संघले लोकतन्त्रका लागि भएका आन्दोलनको अग्र मार्चामा उभिदै प्रदान गरको नेतृत्वदायि भुमिका तथा आन्दोलनमा जनसहभागिताको लागि खेलेको भुमिकाले प्रमाणित गरी सकेकोछ । यस्तो कुनै आन्दोलन छैन जुन ने.वि.संघका महान अभियन्ताको तातो रगतले सिञ्चित नभएको होस । चाहे त्यो २०३६ होस वा २०४६ साल वा २०६२÷६३ सालको आन्दोलन किन नहोस …
फेरी प्रश्न उठ्न सक्छ , सपना के थियो त ? एकातिर हिजो राजा र उनीद्वारा सञ्चालन गरिएको व्यवस्थाका हिमायतिहरु र अर्कोतिर विभिन्न झुण्डमा विभाजित कम्निष्टहरु थिए ।

दुबै ठिक विपरित धुर्वमा उभिएका थिए तर दुबैको निशाना एकै थियो–लोकतन्त्र । उक्त विशम परिस्थितीमा दुबैखाले अतिवादि तथा एकतन्त्रीय शासन व्यवस्थाका हिमायतिहरुलाई चिर्दै व्यक्ति राजनितिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा स्वतन्त्र हुने गरी, बहुदलिय प्रतिस्प्रदामा स्वतन्त्र निर्वाचनका माध्यमबाट निर्वाचित जन प्रतिनिधिहरुले शासन गर्ने व्यवस्था स्थापना गर्दै लोकल्याणकारी समाजवादी निति तथा कार्यक्रम लागुगर्ने नै सपना थियो ।

तर साथिहरु आज समय परिर्वतन भएको छ रगत बगाउने भन्दा पनि बगेको रगतबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने समय हो । लामो समय देखिको संघर्ष तथा पट्यार लाग्दो प्रक्रियाबाट भखरै जारी भएको नयाँ संबिधान कायान्वयनको प्रक्रियामा छ । ९÷९ महिनामा सरकार परिर्वतन हुने भएका छन् । संविधान जारी सँगै संविधानमा असन्तुष्टी देखाउदै मधेशी मोर्चाले सिमा अवरुद्घ गर्ने आन्दोलन गरेको थियो । मधेशी मोर्चाका माग सँग सहमति राख्दै भारतले गरेको अधोषित नाकावन्दिको प्रभाब जन जिविकामा तथा राष्ट्रको आर्थिक राजनितीक र सामाजिक पाटोमा समेत परेकोे छ । महा भुकम्पले ध्वस्त बानाएका संरचनाको पुर्न निर्माणत काहाँ हो काहाँ, पिडितको खाने बस्नेको समेत व्यबस्था हुन सकेको छैन ।जन जिवन अत्यन्त कष्टकर छ र विकासको कार्य तदारुकताका साथ हुन सकेको छैन । शैक्षिक क्षेत्रमा नक्कली सर्टिफिकेट र माफियाकरणको बिग बिगि छ । यी समग्र परिस्थिती सँग जुद्घै देशमा शान्ति र सरकारमा प्रक्रियागत स्थायित्वको लागि तथा लोकतान्त्रिक समाजवादी मुल्यमान्यतामा आधारित समाज निर्माणका लागि ने.वि.संघको काँधमा गहन जिम्मेवारी आइ रहेको छ ।

उक्त गहन जिम्मेवारी पुरा गर्न सशक्त ने.वि.संघको आवश्यकता छ । अहिलेको ने.वि.संघलाई अझ सशक्त र समय अनुसार चलायमान बनाउदै लोकतान्त्रिक समाजवादी व्यवस्थाको वकालत गर्न सक्ने बनाउन निम्न आधारहरु निर्माण गर्न आवश्यक छ ।

१) ने.वि.संघको नेतृत्वमा पुस्तान्तरण

झण्डै दशक हुन लागेछ ने.वि.संघको महादिवेशन नभएको, देशका गम्भिर मुद्घामा समग्र पार्टी पङक्ति होमिनु परेको तथा हामी भित्रैका कमजोरीले तथा लाचारपनाले गर्दा महाधिवेशन हुन नसकेको । यसबाट प्रजातान्त्रिक मुल्य मान्यता प्रति हाम्रो निष्ठामा प्रश्न चिन्ह त उठेकै छ साथै बर्षैै देखि ने.वि.संघमा संर्धष गरेका साथिहरुको नेतृत्व विकासमा समेत असर परेको छ । अब पनि हामीले प्रजातान्त्रिक प्रक्रियाका तथा नेतृत्व विकासकालागि मात्र महाधिवेशन भन्यौ भने विपक्षिहरुका अगाडि रातो मुख लागाउनु पर्ने हुनसक्छ । त्यसैले हिजो देखि संघमा दुख गरेका साथीहरुको सम्मानजनक ढङ्गबाट पार्टीका अन्य संरचनामा स्थानान्तरण तथा ने.वि.संघको नेतृत्व विद्यार्थी वर्गमा हस्तान्तरणका लागि पनि महाधिवेशन आवश्यक छ ।

साथीहरु अराजक हुन खोजेको हैन तर गम्भिर भएर सोचौँ त–आज ने.वि.संघको नेतृत्वतहमा कति विद्यार्थी हुनु हुन्छ ? केन्द्र देखी जिल्ला सम्म, विश्वविद्यालय देखी कलेज सम्म, अधिकांस नेतृत्वमा पुर्व विद्यार्थी वा विद्यार्थीका बाउ आमाछन् । उनीहरुको ध्याउन्न संगठनलाई चलाएमान बनाउने भन्दा पनि आफ्नै जिविका चलाउनेमा केद्रित भएको सत्य जगजाहेर नै छ । त्यसैले विद्यार्थीको नेतृत्व विद्यार्थीले नै गर्न पाउनु पर्छ तब मात्र विद्यालय वा विश्व विद्यालय भित्रको शैक्षिक र प्राज्ञिक वातावरणको स्तर उन्नतीमा ने.वि.संघले सहयोगी भुमिका खेल्न सक्नेछ । किनकी त्यँहा भित्रका समस्या र तिनका समाधानका उपायहरुका सन्र्दभमा पुर्व विद्यार्थी वा विद्यार्थीका बाउ आमा भन्दा विद्यार्थी अलि बढि नै जानकार हुन्छ ।

साथै राजनैतिक मुद्घाहरुलाई समय सन्र्दभिक बनाउदै समाजसम्म प्रशारित गर्ने र ती मुद्घालाई समाजमा स्थापित गराउने कार्य पनि विद्यार्थीबाटै कुशल ढङ्गबाट हुन सक्ने तथ्य प्रमाणित भै सकेकोछ । त्यसैले सशक्त ने.वि.संघका लागि नेतृत्व विद्यार्थी वर्गमा पुस्तान्तरण हुन जरुरी छ ।

२) शैक्षिक र प्राज्ञिक वातावरणको स्तर उन्नति

नेपालको शैक्षिक र प्राज्ञिक वातावरण सन्तोष जनक छैन । सरकारी विद्यालय÷विश्व विद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तरमा प्रश्न चिन्ह उठेको छ । सरकारी विद्यालय÷विश्व विद्यालयको परिक्षाफल र उत्र्तिण अनुपात निम्न स्तरको छ र निजि क्षेत्रको संलग्नता भएर स्थापना भएका विद्यालय÷विश्व विद्यालयको ध्यान कमाउनमा केन्द्रित छ । यसका बाबुजुत केहि निजि विद्यालयले आफ्नो शाख जोगाउन सकेका छन् तर तिनमा मध्यम वर्गकै पहुचको सम्भावना देखिदैन ।

जसले गर्दा दिनानु दिन विदेशमा अध्ययन गर्न चाहानेको संख्या बढी रहेको छ । यसबाट देशको पुँजिबाहिरिन पुगेको छ । साथै आज डाक्टर, इन्जिनियर, सेना प्रहरी र शिक्षक समेतका शैक्षिक प्रमाण पत्र नक्कली भेटिएका छन् । यसले गर्दा विश्व मञ्चमा हाम्रो शिक्षा विश्वस्निय हुन सकेको छैन भने सामाजिक रुपमा गरिब र धनी बिचको खाडल बढिरहेको छ । समाजले यो सब हुनुको दोष राजनितिलाई दिइ राखेको छ त्यसैले ने.वि.संघले गम्भिर भएर सोच्नु पर्ने बेला भएको छ । अब ने.वि.संघले शैक्षिक क्षेत्र भित्र दलगत भागवण्डाको अन्त्य , सरकारी विद्यालय, क्याम्पसको प्रशासन शैक्षिक रुपमा मजबुत र विद्यालय, क्याम्पस भित्र शान्त वातावरण तयार गर्न लागि पर्ने कि नपर्ने ? निजि क्षेत्रले पु¥याएको योगदानको सम्मान गदै त्यहाँ भित्र देखिएको माफियाकरणको विरोध गर्ने कि नगर्ने ? देश विकासका लागि दक्ष जनशक्ति उत्पादनमा पहल गर्ने कि नगर्ने ?

शैक्षिक पर्यटनको सम्भावना खोज्ने की नखोज्ने ? हामिले पनि यि मुद्दा नउठाए यो देशको शैक्षिक स्तर कहाँ पुग्ला ? त्यसैले ने.वि.संघको अबको एजेण्डा शैक्षिक र प्राज्ञिक वातावरणको स्तर उन्नतिमा केन्द्रित हुनुपर्छ । तब मात्र ने.वि.संघ प्रतिषप्रदी संगठनहरु बिच आफ्नो अस्तित्व स्थापित गर्न सक्षम हुनेछ । साथ -साथै हामी गरिव भएको नेपालको भुगोल, जनसंख्या, धर्म संस्कृती, स्रोत साधनको कमिले होइन नेताहरुको अदुरदर्शिता र विदेशी विज्ञहरुको प्रयोगले हो त्यसैले देश भित्रैबाट देशको बास्तबिकता बुझेका विज्ञ र दुरदर्शी नेताको उत्पादन आजको आवश्यकता हो । यो आवश्यकताको पुर्ति केवल उच्च स्तरको शैक्षिक वातावरणबाट मात्र सम्भब छ ।

एकातिर उच्च स्तरको शैक्षिक र प्राज्ञिक वातावरण हाम्रो आवश्यकता हो भने अर्को तिर देशको आयको राम्रो स्रोत पनि हो । यदि हामिले हाम्रो शैक्षिक प्रणलिको स्तर उन्नति गर्न सक्ने हो भने नेपाल शैक्षिक पर्यटनको उत्कृष्ट नमुना बन्न सक्छ जसबाट देश आर्थिक रुपले सम्पन्न हुनेछ । र आर्थिक रुपले सम्पन्न देशमा मात्र पुर्ण रुपले लोकातान्त्रिक व्यवस्था लागु गर्न सकिन्छ भन्ने तथ्य नर्वे, स्विडेन जस्ता देशका उदाहरणबाट प्रमाणी भै रकेको छ ।

३) सांगठनिक पुर्नसंरचना र अनुशासित ने.वि.संघ

ने.वि.संघको संरचनामा व्यापक परिर्वतनको आवश्यकता छ । हिजोका दिनमा हाम्रो संरचना भौगोलिक रुपमा ७५ जिल्ला र क्षेत्रगत रुपमा त्रिभुवन विश्वविद्यालय मात्र भएको अवस्थालाई ध्यानमा राखेर निर्माण भएको हो तर आज देशमा दश जोड दुईको बेग्लै संरचना तथा ८ वटा विश्वविद्यालय भैसकेको अवस्था हो । सदरमुकामका र क्यामपस हाता भित्र सञ्चालित दश जोड दुईमा बाहेक अन्यमा हाम्रो संगठन छैन । साथै त्ग् बाहेकका विश्वविद्यालयमा समन्वय समिति भनेर संगठन बनाइएको छ तर त्यहाँ राजनिति गर्नेहरुको राजनैतिक हैसियत वर्तमान संरचनाबाट विकास हुन हाम्रो सांगठनिक संरचाना बाधक छ । किनकी आज सम्म त्ग् यितरका विश्व विद्यालयबाट आधिकारीक रुपमा केन्द्रिय समितिमा प्रतिनिधित्व हुन सकेको छैन तथा विद्यानत ती विश्व विद्यालय समन्वय समितिको क्षेत्राधिकार र गठन प्रक्रिया स्पष्ट र व्यवाहरिक छैन । तर वर्तमान नेतृत्वले विद्यानबाटै विश्व विद्यालय समन्वय समितिबाट महाधिवेशनमा प्रतिनिधित्व गराउने र विश्वविद्यालय अनुसार २÷१ जना केन्द्रिय सदस्य बन्ने व्यवस्था ग¥यो साथै फोर्टष, कानुन, प्रत्रकारिता समन्वय समिति बनाई प्रतिनिधित्व गराउने जर्मको ग¥या पक्कै पनि यो स्वागत योग्य छ ।

तर अझ यो अपुग र अबैज्ञानिक छ । किनकी कुनै बेला स्वबियु भएकै नाममा ४००÷५०० विद्यार्थी भएको क्याम्पसबाट ७÷८ जना प्रतिनिधि हुने तर २० औँ हजार विद्यार्थीको प्रतिनिधित्व गर्ने विश्वविद्यालय समन्वय समितिबाट ५ जना प्रतिनिधि हुने व्यवस्था छ । यस्तो व्यवस्था कतिको बैज्ञानिक हो र यसले संगठन विस्तारमा कतिको सहजता ल्याउछ हामी सबैले अनुमान गर्न सक्छौ । आजको यथार्थ के हो भने राजनैतिक प्रभाव र त्ग् का आङ्गिक क्याम्पसको शैक्षिक अवस्थाले गर्दा नियमित क्याम्पस गएर अध्ययन गर्ने विद्यार्थीहरुको बाहुल्यता सार्वजनिक विश्वविद्यालयमा देखिन्छ । त्यहाका अधिकांश विद्यार्थीहरुमा अहिले चलिरहेको विद्यार्थी राजनितीप्रति व्यापक वितृष्णा छ उनीहरु त्ग् को शैक्षिक स्तर खस्कनुमा विद्यार्थी आन्दोलनलाई दोषि देख्छन् । त्यसैले त्यहाँ पुरानो ढर्राले संगठन विस्तार हुनेवाला छैन ।

तर यहाँ संगठन विस्तार गर्नुृ समग्रमा नेपाली कांग्रेसका लागि अत्यन्त आवश्यक छ किनकी यहाँ उत्पादित विद्यार्थीहरु प्राविधिक तथा व्यसायिक रुपमा सक्षम देखिन्छन् । उनीहरु पेशामा संलग्न भएर पेशागत संगठनहरुमा आबद्ध भई राजनीतिमा क्रियाशिल हुने सम्भावना बढि छ । यदी पेशागत संगठनहरु हाम्रो पाटीका आधार स्तम्भ हुन् र आधार स्तम्भ शसक्त बनाउन आवश्यक हो भने सार्वजनिक विश्वविद्यालयमा ने.वि.संधको शसक्त संगठन निर्माण गर्नु आवश्यक छ । यदी समयमै ध्यान दिएर सबैको समान प्रतिनिधित्व हुन सक्ने गरी संगठनको पुर्नसंरचनाका लागि गृहकार्य नगर्ने हो भने हाम्रो संगठन कमजोर हुदै जाने निश्चित छ ।

कमजोर संगठनबाट कसरी उदेश्यमा पुग्न सकिएला र ? अनुशासन कुनै पनि संगठनका लागि अपरिहार्य तत्व हो । अनुशासन बिनाको संगठन एउटा भिड मात्र हो जुन भिडबाट सामुहिक उदेश्य प्राप्तिको चाहाना राख्नु बेकार छ । आज ने.वि.संघ भित्र देखिएको असन्तुष्टी पोख्ने अराजकबाटो, बेला बेलामा आउने हाम्रा साथीहरुको गैर कानुनी तथा गैर सामाजिक कार्यमा संलग्नताका समाचार तथा ४÷५ जना जम्मा हुने वित्तिकै समानान्तर समिति बनाउने प्रबृतीले हामिलाई कहाँ पु¥याउने छ सोच्न जरुरी छ । लोकतान्त्रिक समाजवादी मुल्यमान्यतामा आधारीत समाज निर्माणका लागिका चलायमान, अनुशासित र सामुहिक उदेश्यमा काम गर्न सक्ने संगठनको आवश्यकता हुन्छ ।

४) बैचारिक रुपमा सवल
समय अगाडि बढेको छ तर परिस्थितिमा तात्विक भिन्नता आइ सकेको छैन । हिजोका उग्र दक्षिणपन्थी तथा उग्र वामपन्थीहरु एक हदसम्म स्खलित भै सकेका छन तर तिनका अवषेशहरु बेला बेलामा पुरानै उग्रताको आभास झल्काउने गरि देखा पर्छन त्यसबाट बच्न जरुरी छ । उनीहरुको ध्याउन्न अझै पनि समाजलाई विभिन वर्गमा विभाजन गर्ने र वर्गिय द्वन्द फैलाउने कुरामै केन्द्रित छ । यहाँ वर्गिय द्वन्द रहेसम्म एउटा वर्गको सहयोगबाट सताको नजिक रहिरहन सकिन्छ भन्ने उनीहरुको बुझाई देखिन्छ ।

त्यसैले नेपाली समाजलाई सम्भावित वर्गिय द्वन्दबाट बचाउदै अग्रगमन तर्फ डोर्याउनु ने.वि.संघको कर्तव्य हो । उक्त कर्तव्य पालनका लागि हाम्रो जस्तो बहुसांस्कृतिक, बहभाषिक, बहुधार्मिक समाजमा कसरी वर्ग समन्वयको आधारमा मिलेर बस्ने र कसरी त्यो समाजको नेतृत्व गर्ने भन्ने कुरा ने.वि.संघले सिक्न र सिकाउन जरुरी छ । वर्ग समन्वय लोकतान्त्रिक समाजवादको आधारस्तम्भ पनि हो र लोकतान्त्रिक समाजवाद हाम्रो सपना पनि हो । वर्तमानको कर्तव्य तथा भविष्यका लागि देखिएको सपनाको पुर्तिका लागि बैचारीकरुपले सवल ने.वि.संघ आजको अपरिहार्य आवश्यकता हो ।

५) व्यवसायिककरण

अरु संगठन जस्तै ने.वि.संघको संरचना पिरामिड आकारको छ । यसको मतलब फेदमा धेरै र टुप्पोमा एक जना मात्र हुन्छ । यसको मतलब ने.वि.संघमा सक्रिय सबै साथि सांसद वा मन्त्रि बन्ने वाला छैनन् यो यर्थाथ हो । यहाँ चाल्स डार्विनको अस्तित्वका लागि संर्धष  र उत्कृष्टको जिवन (अस्तित्व)  को सिद्घान्त लागु हुन्छ । यदि कोहि राजनितिमा उत्कृष्ट ठहरिएन भने पनि उ समाजमा स्थापित हुन सक्ने वातावरण तयार गर्नु ने.वि.संघको दायित्व हो । यदि कसैको जिवनको उर्जावान समय ने.वि.संघमा खर्च गरेर उर्जा विहिन समय दिन भर चिया पसलमा बसेर नेता र पाटीलाई गाली गरेर समय विताउनु पर्ने अवस्था आयो भने त्यो भन्दा दुर्भाय संगठनका लागि के हुन सक्छ ?

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।