ntc

भिखारी र भिखारीहरु

          |   1458 Views   |   Published Date : 26th June 2016 |

सुरेन्द्र सुमनsurendra
सबैले उसलाई माग्ने भन्छन्, भिखारी भन्छन् । बच्चा काखमा च्यापेर बजारकाvप्रत्येक गल्ली र चोकहरुमा ऊ डुलिरहेकी हुन्छे, डुल्दै गर्दा पाँच, दश रुपैया आफ्नो गुजाराको निम्ति मागिरहेकीहुन्छे । यो उसको दिनचर्या हो । बजारका प्रत्येक मान्छेहरु उससँग परिचितछन्, त्यसैले त ऊ नजिकजाँदा तर्केर भाग्ने गर्छन् । या फेरी ऊ नजिकहुदाहप्काएर धपाउने गर्छन् । उसको बोल्ने ठेगान हुदैन । उसलाई पैसा माग्नकुनै समय चाहिन्न । जो कोही जतिबेला जहाँ निर भेटिन्छ, त्यहीनिर पैसा माग्ने उसको आदत नै बसिसकेको छ ।

तर यसको मतलब ऊ पागलभने होईन । उसको दिमागठिक छ नत्र सबैले यो त पागलहो भनेर पागलखाना पठाउन लाग्दा किन डाक्टरले मानसिक रुपमा स्वस्थ्य छ भनेर फर्काउथे त उसलाई ? ऊ बाध्य छे, पैसा माग्न । ऊ बाध्य छे भिखारीको संज्ञापाउन । यो समाज स्वार्थी छ, छली छ, ठगी छ ।

विशिष्टताको नाममा खोक्रो आडम्बरको खोल ओढेर बाँचेको छ मान्छे । यही मान्छेले बसाएको समाजले उसलाई घरी -घरी, थरी -थरी चोट दिएको छ । उसले मेहनत गर्न नजानेकी होईन । न त उसलाई मेहनतको पाखुरा बजार्न लाज नै लाग्छ । त्यसैले ऊ अल्छी हुदै होईन । आफुले जानेको काम, सकेको काम गरि दिदा समाजले उसलाई शोषण गर्छ । उसको श्रमको कदर हुदैन । उसलाई ठगिन्छ । उसलाई प्रत्येक पलआहत बनाउनमा समाज उद्धत छ ।

होटेलको सारा भाँडा माँझि दिए बापत उसले केबल कहिले एउटा जेरी त कहिले एउटा समोसा बाहेक केही पाउँदिन त्यो बाहेक बढिदिईन्न । कसैको घरमा पोत्ने माटो घण्टौ हिडेर ल्याईदियो, ज्यालाबापत के पाउछे र ? त्यही जाबो एक मुठी कनिका वा एक कचौरा बासीभात ? त्यसैले त ऊ परिश्रमका पसिनाअब नचुहाउने भनेर बर्बराउदै मागेर हिड्छे । ऊ भन्छे परिश्रमले कमाएको त्यो जाबो फल भन्दा त कोहीदयालु मान्छे पर्यो भने एक्लैले एक छाक खानापुग्ने पैसा हातपारिदिन्छ ।

उमेरका हिसाबले उसको आधा बैंश गुज्रिसकेको सहजै अनुमानलगाउन सकिन्छ । यहाँ सम्मआई पुग्दा उसले आफ्नो जिन्दगीको लामै कथाबोकेकी छे । त्यही कथा भित्र उसका धेरै ब्यथाहरु भिन्नभिन्न काल खण्डमाअल्झेकाछन् । थुप्रै ईतिहासहरु खण्डित भएकाछन् । उसले थोरै भागहरु हाँसेकी छे । धेरै पाईलाहरु रोएर खियाएकी छे । यो मेरो अनुमानहो । ऊ प्रतिको मेरो विश्लेषण हो । हुनसक्छ, उसको जिन्दगीको शुरुवातका अध्याय आममान्छेको भन्दा पनि सुखद थिए, सुखीथिए । तर म वर्तमानमा छु । ऊ वर्तमानकी साँछी बनेर मेरो सामु उभिएकी छे, पाँच या बीस रुपैयाको रातो नोट माग्दै ।

तर ऊ साँछी हुनुको कुनै तुक छैन नत म विश्लेषक हुनुको अर्थ छ किनकी ऊ आफै सँग यो जिन्दगीका थुपै्र मुद्दाभएपनि के गर्नु पर्छ थाहा छैन न म नै उसको लागि केही गरिदिन सक्छु, अनि मैले विश्लेषणगर्नुको औचित्य के ? म आफैमा अन्यौल छु । यद्यपी, यहीवर्तमानको भोगाई, देखाई र अनुभवबाट उसको समग्र मुल्याकंनगर्ने प्रयत्नगर्दैछु । सही नहुनपनि सक्छ तर गलत पनि हुनेछैन, मेरो यो विश्वास हो ।
च्यातिएको मैलो तन्नाले झण्डै डेढ वर्षको छोरालाई बोकिरहेकी छे । छोरा रोईरहेछ । छोराको रुवाईको गतिबढ्दै छ । पटक -पटक हो….. हा…. हो…….. हा……. भन्दै ढाडहल्लाईरहेछ । बच्चाको रुवाई शान्तपार्ने उसको मन साय हुनसक्छ । छोराको चिच्याहट विच -विचमा भाच्चिन्छ । छोराको अनुहार मैलो छ । हेर्दा लाग्छ धेरै समय देखि उसको अनुहारमा पानी पारिएको छैन । सिंगानले चिउडो सम्म लतपतिएको छ । उसलाई के मतलब छोराको सिंगान सँग । आफैलाई पेट भरी खानापाए त कतिहुन्थ्यो ? अझछोरालाई चारो दिन पाईयो भने उसलाई पेट भरी खाएजस्तो हुन्थ्यो ?  कसलाई के थाहा ? कहिले काँही त उसले पानीले समेत पेट भरेकीहोला ।

गल्लीको अगाडी-अगाडी एक जना भलादमी लाग्ने ब्यक्ति हतार -हतार हिड्दै थियो ।उसले त्यही मान्छेलाई पछ्याउन दौड्दै थिई । ए, भाई पख्नुहोस त, ऊ कराउदै थिई ‘पाँच रुपैयाँ दिनुहोस् न’ । अगाडी हतारिएको ब्यक्तिले झनै हिडाईको वेग बढायो । एकै छिनमाओझेल पर्यो । ऊ एक्लै भन्दै थिई, अस्ति दिउँला भन्ने आज भागेर जाने ? नदिनेले किन दिउला भन्नु त ?’  भागेर जाने सित उसलाई रिस उठेको थिएन । शायद त्यो मान्छेको प्रबृत्ति प्रति रिस उठेको थियो ।

उसको ढाँट्ने र छल्ने बानी प्रति ऊ असुन्तुष्टि जनाईरहेकी थिई । केही बेर नजिकैको चौतारोमा बसिरही । चौतारोको बाटो भएर जानेहरुको अनुहारमा हेर्दै आफ्नो छोरालाई त्यही चौतारोको भुईमा सुताई अनि त्यही च्यातिएको तन्नाले खुट्टा देखि सिरानी सम्मछोपि दिई । मान्छेहरु चौतारो नजिकपुग्ने वित्तिकै उसले पैसा माग्न सक्ने डर देखि त्रसित हुदै सचेत भएर भागेका देखिन्छन् । दिनढल्दै गैरहेको छ । आज उसले एक रुपैया पनि बटुल्न सकेकी छैन । तर उसको अनुहारमा केही दुःखेसोको भाव देखिन्न । भाग्यले दिएछ भने चालीस,पचास नत्र त सुख्खै हुनसक्छ यो उसको दैनिकी हो । त्यसैले पनि उसलाई कुनै पश्चाताप छैन । कुनै पछुतो छैन । न त कुनै दिन उसग चालीस, पचास हातमा परेका बेला खुसीले अनुहार खुम्चिन्छ ।

पुस माघको समय, दिनछिटै वित्छक्यार तर उसलाई लाग्दो हो यिनै छोटा दिनपनि संसारकै पट्यार लाग्दा लामादिन । दिन भरी मागेर हिड्यो, रातभरी कहिले सडक पेटीमा, कहिले चौतारो र पाटीमा उसका रात वित्छन् । कठ्याग्रिदो जाडोमा, ठाउँ -ठाउँबाट च्यातिएका चोली र धोतीले के जाडो छलियोस् । तर उसलाई जाडोको भन्दा छोराको पिरले सताउछ । नारी भएकोमा उसको मातृत्वले सताउछ । आमा भएकोमा छोराको मायाले दुखाउछ । कसैले दया गरी दिएको हुनसक्छ लगौटी, छोराको छातिढाक्ने सम्मभएको छ । तर त्यति जाबो कपडाले के जाडो छल्थ्यो ।
बच्चालाई काखमा गुटुमुटु पारी च्यातिएको तन्दाले छोप्छे र आफु पनि छोपिने प्रयास गर्छे । त्यहिचौतारोमा उसले त्यो बच्चा जन्माएकिथिई । विना बाबुको छोरा जन्माएकिथिई । यतिमात्रहोईन यो बाहेक उसले धेरै बच्चा जन्माई सकेकी थिई विना बाबुकै । तर तिनीहरु सबै मरिसकें । कोही चिसोले, कोहीगर्मीले, कोहीभोकले मरे, कोही रोगले । ति सन्तानहरु गुमाउनुमा उसलाई कुनै दुःख छैन । कुनै पश्चाताप छैन । आफै त माग्ने जिन्दगी विताईरहेकी छे ऊ ।

उसैसँग यौनको भिखमाग्ने, भिखनदिए, खोसेरै लिनखोज्ने ति समाजका पापी र दुष्ट पुरुषहरुले उसको पटक -पटक यौवन लुटें । ऊ लुटिदै गर्दा सोची म र यिनमा के फरक छ । कम से कम म त जबर्जस्ती माग्दिन तर यी समाजका भद्र भलादमी भनाउदाहरु ? जबर्जस्ती मेरो शरिर लुटिरहेका छन् । के उनीहरु म भन्दा बढि भिखारी होईनन् ? के यिनीहरु माग्ने होईनन् ? शायद उसले चित्त बुझाई कि आफ्नो हालत देखि । या त उसलाई ति भिखारीहरु प्रतिदया पो लाग्यो कि ? समाजका प्रतिष्ठित हुँ भनेर दम्भ गर्नेहरुसँग खोक्रो आडम्बर मात्रभएको उसले बुझे पछि टिठ पो लाग्यो कि?

जाडो बढिरहेको छ । रात छिप्पिरहेको छ । उसको काखमा छोरा ठुलो स्वरमा रोईरहेको छ । मातृत्वको विशेषता ऊ दर्शाई रहेकी छे । तर बच्चाले दुधचुस्न सकिरहेको छैन । बच्चाको शरिरका प्रत्येकअंगहरु चिसिदै छन् । उसले एक पल्ट हातले शिर देखि पैतला सम्म सुमसुम्याई । उसले बुझीं, छोरा अब धेरै समय उसको काखमा रुन पाउने छैन । किनकी यसरी नै यही चौतारोमा उसको काखबाट धेरै सन्तानहरुले आफ्नो रुवाईलाई समाप्तपारेका छन् । शुरु -शुरुमा त उसलाई पनिभक्कानिएर रुन मन लाग्थ्यो । छोडेर जाने सन्तान सँगै आफ्नो ढुकढुकी पनि समाप्तपारिदिउँजस्तो लाग्थ्यो तर समयसँगै ऊ कठोर बन्दै गई । समाज सँग कट्टर बन्दै गई । अहिले ऊसँगको सन्तान निर्जिब भैरहेको छ । उसको निर्जिवतासँग दुखेसो छैन किनकी यो भन्दा धेरै समय अघि नै उसको जीवननिर्जिब भैसकेको थियो । तर उसलाई त्यही निर्जिवताले पनि डराईरहेछ । भोली देखि उसलाई फेरी ति भिखारीको डर बढ्दै जानेछ । जसले उसलाई बारम्बार अनि पटक -पटक surendraनिर्जिब बनाउने छन् ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।