ntc

काली भइछ, सेतु त !

          |   2221 Views   |   Published Date : 25th June 2016 |

गजेन्द्र बाेहराgajendra

उसले मेरो कट्टु तान्दिई । अरुहरु हाँसे । सायद लजाएछु । मेरो मुख रातो भयो । मानौं उसले चिथोरेकी छे । मलाई थाहा छ, म केटा हुँ । अनि ऊ केटी हो । त्यसैले त मलाई काले भन्थे । अनि उसलाई सेतु भनेर बोलाउँथे, सबैले । तर मलाई थाहा भएन कि उसले मेरो कट्टु तान्दा अरुहरु किन हाँसे ? अनि म नि , म फेरि किन लाजले मरेँतुल्य भएँ त !

ओए…. तेरो स्वास्नी काँ छिन् त ? ’म त पुरानै संसारमा हराएछु । त्यो वर्षाको समय थियो सायद । म बाख्रा चराउन गएको थिएँ ।
अरुले उसलाई दिदी भन्नु भनेर सिकाएका थिए । ऊ हामीभन्दा ठूली नै थिइ । उसका धेरै लालावाला थिए (गाईवस्तु) । त्यसैले कहिलेकाहीं हामीलाई पनि हेर्ने लगाउँथी । उसले हामीलाई छोप्ने अनि म्वाई खाने पनि गर्थी । अनि ग्वाला गएकै बखत कहिलेकाहीं कपडा पनि र्फेने गर्थी र हामीलाई पछि फर्किन भन्थी ।

त्यो सबको अर्थ धेरैपछि मात्रै थाहा भयो । आज त्यो मेरो अघि छे । ठिङ्ग छे । मानौं पहाड उभिएको छ । मलाई थाहा, छ आजको १२,१३ वर्षअघि त्यो निकै गोरी थिई गाउँभरीमा । त्यसैले उसको नाम सेतु थियो । आज ऊ निकै काली छे । मानौं त्यो पहाड घामले डढेछ, बुट्यानहरु पनि केही छैनन् । त्यो मौन छे । लाग्छ त्यो मौनता, अथाह पीडाको भाषा होे । त्यसैले म बोल्नै सकिनँ, त्योवयी भाषा कसरी बोलुँ ,छोरी खै त ?
ऊ आँशु दिन्छे, म जवाफ बुझ्छु । ए छोड् यस्ता कुरा, श्रीमान् काँ छन् त ?  पैसा त टन्नै पँठा होलान् नि ?’ म मलहम लगाउने प्रयास गर्छु तर फेरि त्यो वाण भएछ ।

आँखाको डिलमा बसेको आँशु अविरल बग्छ, मानौं म वषरत्मा बलेन्द्रीसँग खेल्दैछु, छेउमै बाख्राको पाठा उफिए झैं लाग्छ ।
ऊ झट्टपट्ट आँशु पुछ्ने प्रयास गर्छे । मानौं मैले हेर्नेने प्रयास गर्दागर्दै देखेकै छैन । तर पनि म त्यसै गर्छु । फेरि ऊ बोल्छे । ग्वाला को-को जाँदा हुन् ?’ हाम्रा छोरा-छोरी ।’ ऊ हाँस्छे, मेरो छातीमा ढकमक्क हुन्छ ।

बुटवलको त्यो साँघुरो सहर अनि बाक्लिएका गाडीको हर्नले गर्दा, हाम्रो आवाज स्पष्ट छैन । त्यसको बिहे हुँदा गाँउमा धेरै हल्ली-खल्ली मच्चिएको मलाई थाहा छ । केटाहरु भन्थे उसले धेरैलाई बचन दिएकी छ ।’ अनि त भैगो नि बबाल । त्यो बालापनको असीम हाँसो कहाँ गयो ? मलाई निकै सोध्न मन लाग्छ ,नानी सेतु, तँ किन यति काली भइस् ?’

अहिले उसको साथमा एउटा बच्चा छ, म उसको लटा छ, अनुमानमा छोरी हो तर यसो हेर्दा अनुहार पुरुषजस्तै छ, म छोरो सम्झन्छु
। तर सोधेको छैन । उसका श्रीमान् काँ गए होलान् ? कति भयो बच्चा ?’ २ वर्षभयो ।’ आफ्नै हो ? तैंले त दिएनस् होला नि ’ ऊ हाँस्छे, म मुस्काउँछु मात्रै । अनि तँ यहाँ के गर्छेस् त ?’
काम ।’
कस्तो ?’
रेष्टुरेन्टमा ।’
कहिले ?’
सधैं हुन्छु ।’
अनि श्रीमान् नि के गर्छन् ?’
केहीेबेर फेरि सन्नाटा ।
मानौं बजार नै बन्द छ ।
छैनन्’ उ थप्छे ,६ वर्षभइसक्यो । ’
उसका श्रीमान् भारतमा थिए ।
त्यही पनि पहाडी भेगमा ।
उनीहरु भन्थे काला-पाहार’
आज त ६ वर्षइसकेछ मरेको ।
बिरामी थे र ?’
खै के रोग हो रे ।’
के थाहा त्यो एड्स पनि हुनसक्छ नि ?’
अनि ठूला छोराछोरी नि ?’
तिनीहरु पनि गए ।’
म काँ गए भनेर सोधिनँ ।
डर छ, कतै फेरि आँशुको खोलो फर्कियो भने ?
ऊ यस्तै २७-३० वर्षकी भइहोली ।
गाउँ तिर जान्निस् त ?’
क्यै छैन, किन जानु र ?’
तीन चार साल अघि सुनेथेँ । उसका बाबुआमा पनि सँगै मरेका हुन् ।
श्रीमती कहाँ छिन् त ?’
अघिकै प्रश्न फेरि गरी उसले ।
डेरैमा छिन् ।’
कति छन् नि ?’
ऊ बच्चा काखमा लिन्छे । म चाल पाउँछु । पक्कै छोरा-छोरी भनेकी हो ।
छैनन् ।’
झट्टै नबनाउनु ।’
ऊ सल्लाह दिई ।
किन ?’
रमाइलो हुन्छ ।’
ऊ फेरि हाँस्छे ।
ऊ हातको घडी हेर्छे ।
अनि हठात् भन्छे ला, हेर्ने आज झन् धेरै ग्राहक छन्, म त तैँसँग भुलेछु,
आउँदा पस न है ।’
उसले एउटा मोबाइल टिपाउँछे ।
म उसको बच्चालाई बिस्कुट किनिदिन्छु ।
ऊ बच्चालाई एकपाली चुम्छे ।
म सोचिरहन्छु ।
श्रीमान् मरेको ६ वर्षभयो, तर उसको बच्चाचाहिं २ वर्षो ?’
अन्तहीन कल्पना, म त्यसको पुच्छर भेट्छु मात्रै समाउन सक्दिनँ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।