ntc

ब्वायफ्रेण्ड बिनाको रमाईलो नगरकोट

प्रकुतीसग नरमाउने मान्छे सायद नै हुन्छन् होला

          |   1393 Views   |   Published Date : 16th March 2016 |

barsha shah

बर्षा शाह  

मैले धेरै साथिहरुबाट सुनेको थिए । नगरकोट निकै रमाइलो छ भनेर । म दाडमा हुदा पनि नगरकोटको बारेमा चर्चा भएको सुने गथ्र्ये । नगरकोटको प्रकृतीको बयान मैले सुनेको थिए । मैले कहिले काहि सोच्ने गथ्र्ये । साची कस्तो होला नगरकोट । म सानै देखी प्रकृतीसग निकै रमाउने मान्छे हू ।nagarkot 3

हुन त प्रकुतीसग नरमाउने मान्छे सायद नै हुन्छन् होला । तर पनि मलाई आफू अलि बढी प्रकृती प्रेमी छु जस्तो लाग्छ । केही बर्ष यता म काठमाण्डौमा बस्न थाले, काठमाण्डौको मेरो बसाइ रहर, बाध्यता के हो ? मैले आफै अहिले सम्म बुझन् सकेको छैन् । तर काठमाण्डौ बस्दै गरेको केही बर्ष बिति सक्दा पनि मलाई नगरकोट जाने सयोग भने जुरेकै थिइन् । तर मैले त्यहाको बयान गर्नेहरुको कमी भने पाएन् ।
काठमाण्डौ मै पनि साथीहरुले नगरकोटको बयान गरेकै पाए ।

मैले भने नगरकोटको कुरा चल्दा म गएको छैन्, भने जवाफ दिने गथ्र्ये । मेरो त्यो जवाफ सुनेर धेरै साथीहरु अचम्मको भाव देखाउनु हुन्थ्यौ । अनि भन्नु हुन्थ्यौ । अहिले सम्म त्यहा गएको छैन् । मैले नि नाई भन्न थिए । अनि फेरी अर्को प्रश्न ते्रसाउनु हुन्थ्यौ । के हो बोइफ्रेड छैन् के हो ? भनिन्छ नि समय सगै जिबनमा मान्छेको आउने जाने क्रम चलि रहन्छ । फरक यति हो कि कोही सधै हाम्रो मनमा बसी रहन्छन् भने कोही मौसम झै हुन्छन् । ति मित्रहरु पनि मेरो जिबनमा नया हुनुहुन्थ्यौ ।

मैले उहाहरुको प्रश्नको केबल मुस्कान दिएर जवाफ दिने गथ्र्ये । अझ भनु पर्दा उहाहरुको प्रश्नको जवाफ नै मेरो मुस्कान हुने गथ्यौ । अनि म सोच्ने गथ्र्ये । अखिर नगरकोट कस्तो ठाउ हो । जहा हामी प्रेमीका,प्रेमीसग मात्र जान सक्छौ । किन ति साथीहरुले त्यस्तो भने । यदी त्यस्तो हो भने किन धेरै अफिसीयली प्रोग्राम त्यहा हुन्छ । यसै गरी समय बित्दै गए । यो बिच धेरै मित्रहरुसग नगरकोट जाउ भने कुरा नि बेला बेला चले तर खै के मिलेन् मिलेन् । तर भनिन्छ इच्छा हुनु पर्छे पक्कै आज नभए भोलि पुरा हुन्छ ।

कार्तिक महिना मलाई नगरकोट जाने अवसर मिल्यौ । त्यो बेला म आफुलाई शाररिक तथा मानसिक दुबै रुपमा अलि कमजोर महशुश गरीरहेको थिए । आफुलाई एक्लो महशुश गरिरहेको थिए । म आफै पनि चाहान्थ्य कि यो काठमाण्डौको होहल्ला भन्दा अलि केही त्यस्तो ठाउ जाउ, जहा म रमाउन सकु । म एक्लै पनि रमाउन सक्ने मान्छे हू । यदि मेरो साथ प्रकृती भयौ भने ।

मैले सोच्ने गरेको नगरकोट र सबैले बयान गरेको नगरकोटमा जाने समय जुराई दिनु भयौ । मेरा एक असल मित्र ले । एका बिहान उहाको फोन आयौ । सामान्य हालचालको कुरा भयो । मैले आफू अलि अस्वास्थ भएको कुरा राखेसगै काठमाण्डौ नजिक कुनै त्यस्तो ठाउ छैन् । जहा होहल्ला कम होस अनि रमनिय होस भने प्रश्न पनि गरे । उहाले छ नि नगरकोट भन्नु भयौ । तर म कहिले नगएको र एक्लै कसरी जानु भने प्रश्नमा उहाले थप्नु भयो । मेरो आज नगरकोट जाने काम छ । तपाई जाने भए म लिफट दिन सक्छु ।

उहा पहिला नगरकोट मै काम गरिरहनु भएकोले र काम बिषेशले जादै हुनुहुदो रहेछ । मलाई पनि, ढुगा खोज्दा देउता मिले, भने झै भयो । एक त जान मन लागेको ठाउ अनि आफुलाई भएको महशुश, प्रकृतीसग भेटने मौका मुख्य कुरा त बिश्वास लायक मान्छेसग जाने मौका । पूरानो बानेश्वारबाट १२ बजे दिउसो यात्रा सुरु भयो ।

गौशाला,एरपोर्ट हुदै जाने क्रममा हाम्रो यात्रा निकै कष्टकर भन्यौ । त्यसको कारण थियौ । काठमाण्डौको जाम । गौशाला देखी एरपोर्ट हुदै कोटेश्वार पुग्न हामीलाई १ घण्टा लाग्यौ । कोटेश्वार पुगे पछि बल्ल कता कता रोकिएको सास आए झै भयो । त्यस पछि यात्रा अगाडि बढ्यौ । मलाई जहा सम्म याद रहेको र थाहा पाएको ठाउ भक्तपुर मात्र थियो । किन कि त्यो भन्दा पहिला म त्यता तिर गएको थिएन् ।

ठाउहरु त धेरै आए झै लाग्यो । एक ठाउमा भने मित्रले केही खाउ भने प्रस्ताब गर्नु भयौ । तर मैले आफूलाई खाने इच्छा नभएको बताए । उहाले चाही कोक पिउनु भयौ । अनि हाम्रो अगाडिको यात्रा सुरु भयौ । त्यस पछिको यात्रामा म एक्लै कहा कहा पुगे त्यो चिसो हावा सगै रमनिय र्दिशय त्यो हरीयाली । मलाई एक पल पनि लागेन् कि म काठमाण्डौ नजिक कै को ठाउ जादै छु ।

हामीसगै केही अरु बाइक, गाडी पनि यात्रा गरी रहेका थिए । बेला बेला पर्यटकलाई बोकेका गाडी पनि आउथे । अनि बेला बेला बाइकमा पछाडी बसेकि नानिले जोडले कस्क समातेर यात्रा गरिरहेका जोडी नि आउथे । म भने त्यता होइन प्रकृतीसग नै रमाउन सुरु गरिसकेको थिए । मित्रले बेला बेला कस्तो लागदै छ ,भनरे प्रश्न गर्नुहुन्थ्यौ । सायद म नबोलेकोले होला ।

त्यो रमनिय गाउ सगै एक्लै बाइकको पछाडी हासीरहेको हुनथ्य । यात्रासगै नगरकोट चेकपोष्ट आए छ । चेकपोष्टमा लाइसेस र बिलबुक देखाएर हामी माथीको यात्रामा अगाडी बढयौ । मित्रको बाइक अलि टपमा रहेको रिसोर्टमा गएर रोकियौ । जब म बाइकबाट तल झरे मलाई कुनै बेग्लै ठाउमा आए जस्तो लाग्यौ । हामी त्यो रिसोर्टमा पुग्ना साथ हामीलाई कफिका साथ वाम वायलकम गरियो ।

त्यहा एक जोडी र अर्का एक पयर्टक पनि थिए । मेरो मित्रको सायद त्यही रिसोर्टमा काम थियौ क्यारे । उहाहरु आफनो काम तिर लाग्नु भयौ । अनि म कफिसगै त्यहा रमाउन थाले । पारी पटी देखिने त्यो हिमाल , तल देखीने ति गाउ लाग्दै थियौ । म जस्तै ति पर्यटक नि रमाई रहेका थिए । त्यो रिसोर्टमा एउटा मज्जाको कुकुर पनि थियो । जसले बेला बेला ति पर्यटकको नजिक जादै नजिकन खोज्थ्यौ ।

मैले बेला बेला त्यहाका स्टापसग धेरै कुरा सोधिरहे ति स्टापहरु मेरो कुरा सुनेर कहिले हास्थे त कहिले मेरो प्रश्नको जवाफ दिन्थे । अनि ति पर्यटक बेला बेला मलाई मिठो मुस्कान दिने गथ्ये । म भने त्यहाको प्रकृतीको प्रेममा परिसकेको थिए । त्यहाको भिरपाखामा फूलेका ति फूल, पारी पटी आफनो मिठो मुस्कानका साथ झुल्किएको त्यो हिमाल, पारी पटी देखीने रमाईला ति गाउ ओ हो अहिले समझिदा पनि यो मन नि कै रोमान्टिक हुन्छ ।
१,३० बजे पुगेका हामी त्यहाबाट मित्रको काम सकिए पछि ४बजे त्यहा देखी फेरी काठमाण्डौको यात्रा सुरु भयो । मन त थिएन मलाई काठमाण्डौ र्फेकेर जाने । त्यही प्रकृतीसग अझै रमाउन चाहान्थे । तर भन्निछ नि आफूले सोचे जस्तो हुदैन् । हामी काठमाण्डौ पुग्दा ५,३० बजि सकेको थियौ ।

तिनकुने देखि बानेश्वार पुग्दाको जामले हामीलाई फेरि ढिलो गराई दिएकोले समय अलि लाग्यौ । तर मैले त्यो २,३ घण्टाको समयमा त्यो रिसोर्टबाट देखेका जति पनि र्दिशय थिए । ति सबसग मलाई प्रेम भईसकेको छ । म एक दिन गएको मान्छेलाई त त्यति प्रेम भयौ भने ।  त्यहाका मान्छेलाई कति प्रेम होला । अझ त्यहा रहेको धेरै कुरा हेर्ने बाकि नै छ ।

भ्यू टावार ,त्यहा देखीने ति गाउ आदि त हेर्ने बाकि छ । अरुले किन सोच्छन कि त्यहा प्रेमी, प्रेमीका जादा राम्रो हुन्छ ? मेरा मित्रहरुले मलाई जसरी प्रश्न गरेका थिए ? ति मित्रहरुको प्रश्न मैले त्यहा पनि सम्झेको थिए ।

पर्यटक त्यहा बिशेष हिमाल हेर्ने आउदा रहेछन् । अरुलाई नगरकोट कस्तो लाग्छ खै ? मलाई भने रमाईलो नगरकोट लाग्यौ । चाडै फेरी जाने छु । अनि नगरकोटको कुना कुनासग प्रेम गर्ने छुु ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।