ntc

फिफा बरियतामा नेपालको स्थान सुधार

          |   899 Views   |   Published Date : 3rd March 2016 |

fifa

फागुन २०, काठमाण्डौं ।  फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा आएको छ । विश्व फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

दक्षिण एशियामा अफगानिस्तान १५१औं स्थानसहित पहिलो स्थानमा छ । अफगानिस्तानले तीन स्थान सुधार गरेको हो । माल्दिभ्स एक स्थान तल झर्दै १५८ औं स्थानमा तथा दुई स्थान सुधार गर्दै भारत १६०औं स्थानमा छ ।

त्यस्तै बंगलादेश १७७औं स्थानमा छ । दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटान नेपालभन्दा पछाडि छन् । पाकिस्तान १८७औं, श्रीलंका १८९औं र भुटान १९३औं स्थानमा छन् ।

फिफा बरियताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । बरियतामा शीर्ष १३ स्थानमा रहेकाहरु यस महिना परिवर्तन भएका छैनन् । फिफाले प्रत्येक महिना उसका सदस्य राष्ट्रहरुबीचको बरियता सार्वजनिक गर्ने गर्छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।