ntc

भारतले पाकिस्तानलाई हरायो

          |   749 Views   |   Published Date : 28th February 2016 |

crick एसिया कप क्रिकेटमा शनिबार भारतले पाकिस्तान विरुद्ध पाँच विकेटको जित हात पारेको छ । बंग्लादेशको मिरपुरस्थित शेरे बंग्ला रंगशालामा टस हारेर ब्याटिङ थालेको पाकिस्तान १७।३ ओभरमा ८३ रन बनाएर अलआउट भयो । ८४ रनको लक्ष्य पछ्याएको भारतले १५ओभर तीन बलमा पुरा गर्‍यो।
पाकिस्तानका सर्फराज अहमेदले २५ र खुर्राम मन्जुरले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । भारतका हार्दिक पाण्डेले तीन विकेट लिए भने रविन्द्र जडेजाले २ विकेट लिए। आशिष नेहरा, जसप्रित बुमराह र युवराज सिंहले पनि १(१ विकेट हात पारे।
८४ रनको सामान्य लक्ष्य पछ्याएको भारतका दुवै सुरुवाती ब्याट्म्यान शुन्य रनमा आउट भएपछि सुरुमा नै दबाबमा परेको थियो।

मोहम्मद अमिरले रोहित शर्मा र अजिन्क्या रहान्नेलाई शुन्य रनमा नै एलबि डब्लु धरापमा पारे।विराट कोहली अर्धशतक पुरा गर्न एक रनले चुके। उनले ५१ बलमा ७ चौका सहित ४९ रन बनाए। युवराज सिंहले अविजित १४ रन महेन्द्र सिंह धोनी ७ रनमा अविजत रहे। शुरेश रैना १ र हार्दिक पाण्डे ० रनमा पबेलियन फर्किए।पाकिस्तानका मोहम्मद अमिरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए।
लगातार दुई खेलमा जित हात पारेको भारत चार अंक सहित समूहको शीर्ष स्थानमा छ। दुई खेलमा बंग्लादेशले २ तथा एक खेल खेलेको श्रीलंकाले पनि २ अंक जोडेको छ।युएइ दुवै खेल हार्दै अंकविहिन छ। आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले पनि खाता खोल्न सकेको छैन।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।